समाचार हेडलाईन न्युज

नेपालमा बाह्य हस्तक्षेपलाई रोक्न नसक्दा हाम्रोमा डुबान भएकोहो – गृहमन्त्री थापा

सुनकोशी न्युज
२०७७ असार २९ गते सोमबार

गृहमन्त्री रामबहादुर थापाले नेपालमा बाह्य हस्तक्षेपलाई रोक्न नसक्दा हाम्रोमा डुबान भएको कुरा बताउनु भएको छ ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा बोल्दै पटकपटक भएका सन्धि र सम्झौताको उल्लंघन गर्दै भारतले नेपालबाट जाने नदीलाई उचित निकास नदिएर हस्तक्षेप गरेको उनको भनाइ थियो ।

थापाले भारतका कारण नै दुई देशबीच डुबानलाई लिएर प्रभावकारी कार्यान्वयन र काम नभएको र नेपालमा डुबान हुनबाट बचाउनका निम्ती भारतले निकास दिनुपर्ने धारणा राखेका थिए ।

नेपाली भूमिलाई डुबानमा पार्ने गरी भएका भारतीय निर्माण बारे पटकपटक दुई देशबीच छलफल भएको तर त्यसले उचित निकास नपाएको मन्त्री थापाको भनाइ छ।

प्रकाशित मिति: सोमवार, असार २९, २०७७