समाचार हेडलाईन न्युज

अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण एकै घरपरिवारका ३ जनाको मृत्यु

सुनकोशी न्युज
२०७७ असार २९ गते सोमबार

अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण तनहुँमा ६ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा एकै घरपरिवारका ३ जना परेका छन् भने एक जना बेपत्ता छन् । पहिरोमा बेपत्ता भएकाहरुको खोजीकार्य, घाइतेको उद्धार तथा अन्य क्षति विवरण संकलनको काम भइरहेको छ । बाढी पहिरोका कारण ठाउँठाउँमा बत्तीका पोलहरु लड्दा बिहानदेखि विद्युत अवरुद्ध भएको छ । पहिरोका कारणले अवरुद्ध भएको राजमार्ग भने खुलाइएको छ ।

प्रकाशित मिति: सोमवार, असार २९, २०७७