मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार

परिक्षा र पढाइमा वैकल्पिक विधि प्रयोग गर्न शिक्षा मन्त्रालयको निर्देशन

सुनकोशी न्युज
२०७७ असार २१ गते सोमबार,

काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ को परिक्षा विद्यालयले नै संचालन, व्यावस्थापन र प्रमाणिकरण गर्ने निर्णय गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा असार १९ गते बसेको बसेको राष्ट्रि पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले उक्त निर्णय गरेको हो । विज्ञान तथा प्रविधि मन्त्रीका स्वकीय सचिव पुरन केसीले एक विज्ञप्ती जारी गरी जानकारी दिएका छन्

कक्षा १२ को परिक्षा केन्द्रीय तहमा राष्ट्रिय परिक्षा बोर्डबाट हुने स्पष्ट व्यवस्था भएपनि कक्षा ११ को परिक्षाका सम्वन्धमा स्पष्ट कानुन बन्न नसक्दा केन्द्रीय तहबाटै परिक्षा दिइदै आएको थियो । तर यसपटक कोभिड–१९ माहामारीका कारण पठनपाठन संचालन गर्न र परिक्षा संचालन गर्न कठिनाई भएका कारण विद्यालयले नै परिक्षा लिन पाउने गरी परिषदले निर्णय गरेर सर्कुलर जारी गरेको छ ।

त्यसैगरी विषम परिस्थितिमा शिक्षण सिकाइलाई निरन्तरता दिन मन्त्रालयले ‘उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण प्रारुप, २०७७’ स्वीकृत गरी जारी विश्वविद्यालय अनुदान आयोगमा कार्यन्वयनका लागि पठाइएको मन्त्रालयले जनाएको छ । कोभिड–१९ को महामारीका बेला शिक्षण सिकाई, परिक्षा र मूल्यांकन प्रकृयालाई वैकल्पिक विधिबाट निरन्तरता दिन शिक्षण संस्थाहरुलाई उक्त विधि अवलम्वन गर्न भनिएको छ ।
त्सैगरी प्राविधिक शिक्षालयहरुले पनि शिक्षण र मूल्यांकनमा वैकल्पिक विधि अपनाउन निर्देशिका जारी गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तामिक परिषदको वैठकले उक्त निर्णय गरेको छ । शिक्षा, ।

प्रकाशित मिति: सोमवार, असार २२, २०७७

 

 

ताजा अपडेट