अन्तर्वार्ता/विचार हेडलाईन न्युज

नेकपा विवाद : हेर्दा व्यक्तिगत स्वार्थको टकराव तर सैद्धान्तिक लडाई

सुनकोशी न्युज, २०७७ असार २१ गते सोमबार,

काठमाण्डौं । नेकपामा मौजुदा विवाद ः झ्वाट्ट हेर्दा व्यक्तिगत स्वार्थको टकराव जस्तो देखिए पनि सारतः यो सैद्धान्तिक लडार्इं नै हो। एमालेले २६ वर्षदेखि मदन भण्डारीले अघि सारेको तत्कालिन न्युनतम् राजनीतिक कार्यक्रम जनताको बहुदलीय जनवाद ‘जबज’ लाई पार्टीको मार्गदर्शक सिद्धान्त मान्दै आएको छ । त्यसका नेता–कार्यकर्तालाई अहिले पनि त्यसको मोह छ । उनीहरु अहिलेसम्म त्यसमै अडिग छ। त्यो जन्मजात संसोधनवादी र सारसंग्रहवादी राजनीतिक कार्यदिशा थियोे ।

राजतन्त्रमा पनि फिट हुने, गणतन्त्रमा पनि ठिक हुने, संघीयता भए पनि हुने, नभए पनि हुने, जे गर्न पनि पाईने विचारविहिन लाईन थियोे त्यो । नेपाली जनताको वामपन्थी सेन्टिमेन्ट प्राप्त गर्न पार्टीको नाम कम्युनिस्ट राखिएको यसका नेताहरुले बारम्बार बताउने गरेका थिए । अमेरिकन विदेशमन्त्रीलाई खुसी पार्न उनीहरुले पार्टीको केन्द्रीय कार्यालयबाट कार्ल माक्र्स र लेनिनको निकालेर फ्याँकेका थिए । पछिल्लो समय पनि पार्टीको नाम कम्युनिष्ट राख्नु खाली एउटा ब्राण्टनाम मात्रै थियोे ।उनीहरूलाई माक्र्सवादमा कुनै रुचि थिएन, छैन । समाजवादमा कुनै रुचि थिएन, छैन। सरकारमा पुगेर मनले जेजे भन्छ, त्यही गर्नु उनीहरूको जबजको कार्यदिशा हो।

अहिलेसम्म उनीहरुले गर्दै आएको पनि त्यस्तै हो । अहिले ओली सरकार पनि त्यही गरिरहेको छ । पार्टीमा पार्टीको विधान, पार्टीको नीति, विधि हुन्छ, पार्टीका विभिन्न कमिटिले गरेको निर्णय मान्नुपर्छ भन्ने नेताहरु पनि छन् । उनीहरुलाई त्यस्तो अराजक र अनियन्त्रित कार्यशैलीले पार्टी र सरकारलाई हानी गर्छ भन्ने लाग्छ । त्यसैले त्यस्तो छाडापनको गतिविधि नियन्त्रण गर्न पार्टीले आवश्यक कदम चाल्दा जबजलाई गायत्री मन्त्रको रुपमा ग्रहण गर्ने ओली सरकार धरापमा परेको छ । आफ्नो अराजक स्वार्थप्रतिकुल पार्टीले निर्णय गरेपछि आफ्नो पद धरापमा पर्दा उनी पार्टी फुटाछु भन्दै चोरबाटो खोज्दै हिडेका छन् । तर फुटाउन भने सक्ने अवस्था देखिदैन ।

आर्कोतिर, एकताको अर्को पक्ष नेकपा माओवादी कमसेकम १० वर्षभन्दा बढी माक्र्सवादी कार्यदिशा अनुसार नेपाली मौलिकतासहित जनयुद्ध गर्न प्रयास गरेको कम्युनिस्ट पार्टी थियोे । निर्धारित लक्ष्यमा पुराउन नसकेपछि रणनीतिक सिफ्ट गरेर संसदीय दलहरुसँग मिलेर राजतन्त्रको अन्त्य गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्र निर्माण गर्ने स्पष्ट मार्गमा अघि बढेको पार्टी हो । जनयुद्धका केही सीमित उपलब्धिमा टेकेर जबर्जस्ती संसोधनवादी बाटोमा अभ्यसरत छ माओवादीधार । त्यसैले एमालेमा भन्दा माओवाददीमा अझै माक्र्सवादी गन्ध बाँकी छ।

एमालेहरु जे गर्न पनि पाईने, आफूखुसी व्याख्या गरेर आफुअनुकुल प्रयोग गर्न पाईने ‘जबज’ सितिमिति छोड्न चाहदैनन् । उनीहरूलाई त्यो छाड्नुपर्ने हो कि भन्ने डर छ। प्रचण्डले फेरि कतै माक्र्सवादी बाटोमा हिडाउने हुन् कि भन्ने उनीहरुलाई भय छ। कतै जनयुद्धकालिन माओवादी जस्तै अनुशासित पार्टी बन्ने हो कि भन्ने डर छ।

माअओदीभित्रकै कोरा क्रान्तिकारी धारका लागि त माओवादी नै सबैभन्दा ठूलो संसोधनवादी हो । तर एमालेका लागि त्यसो होईन। त्यसैले सामदाम दण्ड भेद सबैथोक प्रयोग गरेर बल्लतल्ल संसदमा ठूलो बनाएको पार्टीलाई उनीहरू जबजको धोक्रोमा प्याक गर्न चाहन्छन् । त्यसका लागि हरपल मामाओवादीलाई अवरोध देखिरहेका छन् । त्यसैले उनीहरु नेपालबाट ण्वाद र माओवादी सबैको अन्त्य भएको सपना देखिरहन्छन्र, त्यसैका लागि क्रियाशील रहेका छन् । उनीहरु बेलाबेलामा झस्किन्छन् र जागिहाल्छन्।

उनीहरू आफ्नो यो विरासतलाई बचाईराख्न चाहन्छन् । त्यसैको प्रतिविम्ब यो अहिेको द्वन्द्व हो। हेर्दा स्वार्थको लडाइँ जस्तो देखिए पनि मूलतः यो विचार र लाईनकै लडाइँ हो। हामीलाई हाम्रा नेताहरू बिग्रेको जस्तो देखिएकाले ओली र हाम्रा उस्तै लागेको हो। तर ओलीगुटको नजरमा त्यस्तो छैन । उनीहरु माओवादीका नेताबाट सधैं आफूलाई खतरा देखिरहन्छन् र प्रतिरोधमा आइहाल्ने गरेका छन् । माओवादीले जनयुद्ध दिवस मनाउदा र जनयुद्धको शहीदप्रति सम्मान प्रकट गर्दा उनीहरुलाई सबैभन्दा बढी जलन हुने गरेको छ । यो वास्तविकता उनीहरूको हरपलको अभिव्यक्ति, विरोधको शैली र भाषाा झलझद्यती देख्न सकिन्छ ।

प्रकाशित मिति: सोमवार, असार २२, २०७७