कृषि समाचार हेडलाईन न्युज

काठमाण्डौंमा आइपुग्यो सलहको बथान

सुनकोशी न्युज, २०७७ असार १६ गते मंगलबार
काठमाण्डौं । काठमाण्डौंमा सलह किराको बथान आइपुगेको छ । आज काठमाण्डौंका टोखा महादेवडाँडाको आकासमा लाखौंको संख्यामा सलह उडेको देखिएको छ ।

भारतबाट आएको सलहको बथान मंगलबार काठमाडौं उपत्यकामा आइपुगेको हो। मंगलबार काठमाडौंको टोखाको महादेवडाँडा क्षेत्र, गोङगबु, क्षेत्रपाटी, बसन्तपुर, ठमेल, न्युरोड, ललितपुरको गोदावरी, टाखेललगायत विभिन्न ठाउँमा सलहको बथान देखिएको हो।

भारतको बिहार हुँदै भित्रिएको सलह तराईंका विभिन्न जिल्ला हुदै सिन्धुली, मकवानपुरसम्म प्रवेश गरेको थियो। आज काठमाण्डौंको आकासमा पहिलोपटक देखिएको हो ।

मन्त्रालयले जेठ २४ गते नेपालमा यो किराको प्रवेश तत्कालका लागि टरेको बताएको थियो। मन्त्रालयको दाबी झन्डै तीन सातामा शनिबार गलत साबित भएको छ । सलहका लागि प्रतिकूल मौसम सुरु भएकाले नेपालमा तत्काल प्रवेश नहुने भन्दै केन्द्रले मन्त्रालयलाई अध्ययन प्रतिवेदन बुझाएको थियो।

प्रकाशित मिति: मङ्लबार, असार १६, २०७७