अर्थ/विजनेस समाचार हेडलाईन न्युज

सिन्धुलीमा सिंचाई तथा उर्जाका योजनाहरु : आ.व. २०७७/७८ (बिस्तृतमा योजनाहरु)

सुनकोशी न्युज, २०७७ असार ८ गते आइतबार,

काठमाण्डौं । उर्जा तथा जलस्रोत मन्त्रालयले आ.व. २०७७÷७८ का लागि सिन्धुलीमा केही महत्वपूर्ण नयाँ कार्यक्रम ल्याएको छ भने केही पुराना चालु योजनाहरुलाई निरनतरता दिएको छ ।

नयाँ योजनाहरुमा सुनकोशी २÷३ जलविद्युत आयोजनाको संभाव्यता अध्ययन गर्ने भनेको छ । जसका लागि मन्त्रालयले १९ करोड ९९ लाख ८६ हजार रुपैँया बजेट बिनियोजन गरेको छ ।

यसका साथै गतवर्ष संभाव्यता अध्ययनका लागि कार्यक्रममा परेको कोखाजोर जलासययुक्त ज.वि.आ.(१११मेगावाट) को विस्तृत अध्ययन प्रतिवेदन तयार पार्न ३ करोड ३५ लाख ३० हजार रुपैंया विनियोजन गरेको छ ।

नविकरणीय उर्जा प्रवर्धनका लागि सुनकोशी गाउँपालिका बाहेक सिन्धुलीका आठैवटा स्थानीय तहका बजेट छुट्याएको छ ।

सिंचाइ तर्फ मन्त्रालयले सुनकोशी मरिण डाइभर्सनको कामलाई राष्ट्रिय गौरबको योजनामा समावेश गरेर विशेष महत्वका साथ निर्माण गर्ने भएको छ । गत वर्ष जग्गा अधिग्रहण र मुअब्जाको लागि सार्वजनिक सुनुवाई समेत भैसकेको योजनाका लागि सरकारले यसैवर्ष ठेक्कामा गएर निर्माण कार्य सुरुगर्ने भएको छ । जसका लागि सरकारले २ अर्ब ४५ करोड ८५ लाख रुपैंया बजेट बिनियोजन गरेको मन्त्रालयले प्रकाशित गरेको रातो किताबमा उल्लेख छ । यसबाट २८.५ मेगावाट विजुली निकालिने छ भने तराईका चारवटा जिल्लामा सिंचाई गरिने छ ।

यसका साथै मन्त्रालयले सिंचाई कुलो, भूमिगत डिप बोरिङ, लिफ्ट सिंचाई, नविकरणीय उर्जा लगायत क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुनेगरी केही नयाँ योजनामा बजेट तर्जुमा गरेको छ भने केही पुराना निर्माणधिन योजनाहरुलाई कामसम्पन्न गर्नका लागि बजेट दिएको छ ।

हेरौं, बिस्तृतमा योजनाहरु :

आ.व.२०७७/७८ बजेट तथा कार्यक्रममा सिन्धुलीका लागि परेको बजेट :

उर्जा :
१. जलविद्युत आयोजना अध्ययन ः सुनकोसी २÷३ जविआ ( १६०० मे.वा.) सिन्धुली, रामेछाप – १९९९.८६ लाख संघबाट
२. कोखाजोर जलासययुक्त ज.वि.आ.(१११ मे.वा.) काभ्रे, सिन्धुली –३३५.३ लाख संघबाट
३. सामुदायिक तथा अन्य तथा अधुरो ग्रामिण विद्युतीकरण, सिन्धुली – १००० लाख संघबाट
४. ससर्त अनुदानमा स्थानीय तहबाट संचालन हुने कार्यक्रम÷आयोजना ब.उ.सि.नं. ३०८००१०४,

राष्ट्रिय ग्रामिण तथा नविकरणीय उर्जा कार्यक्रम : सिन्धुली
१) कमलामाई नगरपालिका ः सौर्य उर्जा प्रविधि÷सुधारिएको चुलो÷बायो ग्यास÷लघुजलविद्युत जडान । – ८ लाख
२) दुधौली नगरपालिका ः सौर्य उर्जा प्रविधि÷सुधारिएको चुलो÷बायो ग्यास÷लघुजलविद्युत जडान । – ८ लाख
३. गोलाञ्जोर गाउँपालिका ःसौर्य उर्जा प्रविधि÷सुधारिएको चुलो÷बायो ग्यास÷लघुजलविद्युत जडान । – १२ लाख
४) घ्याङलेक गाउँपालका ः सौर्य उर्जा प्रविधि÷सुधारिएको चुलो÷बायो ग्यास÷लघुजलविद्युत जडान । – ८ लाख
५) तीनपाटन गाउँपालिका ः सौर्य उर्जा प्रविधि÷सुधारिएको चुलो÷बायो ग्यास÷लघुजलविद्युत जडान । – १२ लाख
६) फिक्कल गाउँपालिका ः सौर्य उर्जा प्रविधि÷सुधारिएको चुलो÷बायो ग्यास÷लघुजलविद्युत जडान । – ८ लाख
७) मरिण गाउँपालिका ः सौर्य उर्जा प्रविधि÷सुधारिएको चुलो÷बायो ग्यास÷लघुजलविद्युत जडान । – १२ लाख
८) हरिहरपुरगढी गाउँपालिका ःसौर्य उर्जा प्रविधि÷सुधारिएको चुलो÷बायो ग्यास÷लघुजलविद्युत जडान । – ८ लाख
९)

सिंचाई तथा जलस्रोत :
१. सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना ः २४,५८५ लाख संघबाट
२. जोखिमयुक्त पहिरो व्यवस्थापन ः सेती पहिरो व्यवस्थापन कार्य, सिन्धुली –७० लाख संघबाट
३. कमला नदी नियन्त्रण, सिन्धुली ः ५०० लाख संघबाट
४. विकास पूर्वाधारमा ज.उ.प्र. न्युनिकरण कार्य – विपि राजमार्ग – २०० लाख संघबाट
५. सिन्धुली भूमिगत जल सिंचाई आयोजना (डिप ट्युबवेल निर्माण तथा पम्प टेष्ट(कमलामाई नपा–४, कुलबाध, सिन्धुलीमाढी) –२५ लाख
६. १२५) सिन्ध्ुली जिल्ला भूमिगत जल सिंचाई आयोजना (डिप ट्युव वेल निर्माण तथा पम्प टेष्ट ः कमलामाई नपा–४ चुवाबोटे, कमलामाई नपा–२ अमलेफाँट र अन्ययोजनाहरु । पावर ड्रिल स्यालो ट्युब वेल निर्माण ः कमलामाई नपा (७ गोटा) मरिण गापा (७ गोटा) र अन्य योजनाहरु । संघबाट
७. नं. १४८) नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण कार्यक्रम (ब.उ.सि.नं. ३०८०३१२६)ः देशभरिको जम्मा बजेट – ९०८० लाख
रातु मूलझोरा नदी नियन्त्रण, कमलामाई नपा–८ पाथीपरान, सिन्धुली । संघबाट
८. नं. १९२) रोशी नदी तटबन्ध निर्माण सुनकोशी गा.पा.–१, सिन्धुली । संघबाट
९. नं. २५९) कमला नदी नियन्त्रण कार्य दुधौली न.पा. सिन्धुली । संघबाट
१०. नं. ३०५) मरिण नदी नियन्त्र कार्य सिन्धुली । संघबाट
११. तामाकोसी सुनकोशी एकीकृत सिंचाई विकास योजना ५०० लाख अन्तर्गत अन्वेषण ट्युबवेल निर्माण ः सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक आदि । संघबाट

१२. विस्तृत संभाव्यता अध्ययन गरी संभाव्य योजनाहरुको कार्यन्वयन प्रक्रिया अगाडि बढाउने । सबेलाई जम्मा २०० लाख संघबाट
१) खागसाग देवी लिफ्ट सिचाइं योजना, फिक्कल गापा–४
२) घुमाउने चैनपुर लिफ्ट सिचाईं योजना सुनकोशी–६
३) झगरबेसी लिफ्ट सिंचाईं योजना, फिक्कल –५
४) झाँगाझोली खहरे लिफ्ट सिचाईं सुनकोशी गापा–३
५) झ्याडी र बखफ लिफ्ट सिचाई
६) तर्कुनीबेशी लिफ्ट सिंचाई योजना, फिकल गापा –३
७) तीनपाटन लिफ्ट सिंचाई योजना, तनिपाटन गापा–११
८) बलेनी देउरालीटार लिफ्ट सिंचाई योजना, गोलाञ्जोर–६
९) बागमति बजारमारा सिंचाई योजना
१०) सुनकोशी तल्लो रातमाटा फँट लिफ्ट सिंचाई सनकोशी

प्रदेशबाट ससर्त (अनुदानमा) कार्यन्वयन हुने योजनाहरु :

१३. शर्षाही कुलो सिचाई उपआयोजना, दुधौली, सिन्धुली –७५०.२ लाख
१४. टाँडी सिंचाई योजना, दुधौली नपा–१०, सिन्धुली – ५ लाख
१५. डुण्डुर बाँध भई खोर भञ्ज्याङ हुदै सिवालयसम्म सिंचाई योजना (२० हे.) बाहुनतिल्पुङ, सिन्धुली ।–९० लाख
१६. बेलघारी सिंचाई योजना, बेलघारी १,२,३ – १५ लाख

मझौला सिंचाई आयोजना :
१७ डडुवा महाभीर सिचाई योजना –१५ लाख ।
१८. भोर्ले सिचांइ योजना – (सिंचाई प्रणाली निर्माण)–१० लाख
१९. कमलाखोला सिंचाईं योजना, रानबिास १, २, ३ –१० लाख
२०. घट्टेखोला सिंचाई योजना –१० लाख
२१. महाभीर सिंचाई –१० लाख
२२.खत्रीखेत अर्चलेटार सि.यो.–१० लाख
२३. घण्टेखोला भोटेगाँउ सि.यो. –१० लाख
२४. गोदामदमार नयाँवस्ती सि.यो. – १० लाख
२५. डिल्लीपुर सि.यो.–१० लाख
२६. लामकल सि.यो. –१० लाख

नयाँ प्रविधिका आधारित सिचाई योजना : बागमति प्रदेशमा एकमुष्ठ रकम रु.१०९२ लाख
१. खोरखोला सिंचाई योजना, हतपते ४, (१० हे.)
२. सोल्पाठाना फोहोरा सि.यो., सोल्पा २
३. कात्तिके जोगीडाँडा पोखरी सि.यो. बाहुन तिल्पुङ
४. राजपानी फँट टारबस्ती न.प्र.सि.यो., कनपा ५
५. गुठबजार लिफ्ट सि.यो., झागाझोली रातमाटा
६. घुमाउने चैनपुर लिफ्ट सिचाईं योजना, सितलपाटी २
७. चदाहा लिफ्ट सिंचाई योजना, तीनपाटन २ भिमास्थान

प्रकाशित मिति: सोमवार, असार ८, २०७७