मुख्य समाचार समाचार हेडलाईन न्युज

बालुवाटारमा भरखरै सुरु भएको नेकपा स्थायी समिति बैठका यस्ता छन् एजेण्डा

सुनकोशी न्युज, २०७७ असार १० गते बुधबार,

काठमाण्डौं । लामो समयपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटि बैठक बालुवाटारमा सुरु भएको छ । १२ बजेदेखि सुरु भएको बैठकका विभिन्न पाँच वटा एजेण्डा रहेका छन् ।

सुरुमा दुई अध्यक्षले मन्तव्य राख्ने कार्यक्रम रहेको छ । त्यसपछि सरकारका कामकारबाही बारे छलफल हुनेछ । सीमा समस्या, कोरोना महामारीमा सरकारले खेलेको भूमिकाका साथै नागरिकता ऐन संसोधन बारे पनि बैठकमा छलफल गर्ने तयारी भएको छ।

त्यसबाहेक एमसीसी र पार्टी एकताका विषयमा पनि छलफल गर्ने कार्यसूची तयार पारिएको छ । गत १० वैशाखमा स्थाथी कमिटीको बैठक माग गर्दै अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई २० जना स्थायी कमिटी सदस्यहरूले पत्र बुझाएका थिए ।

सरकारका काम कारबाहीका कारण पार्टीमा विवाद बढ्दै गएपछि नेकपाको अन्तरिम पार्टी विधानको धारा ५९ (४) अनुसार २० जना स्थायी कमिटी सदस्यले बैठक माग गर्दै पत्र बुझाएका थिए।

२५ प्रतिशत सदस्यले लिखित रूपमा बैठक माग गरेमा १५ दिनभित्र बोलाउनुपर्ने भएपनि पटक–पटक बैठक बोलाउँदै स्थगित गर्दै गरिँदै आएको थियो।

प्रकाशित मिति: बुधबार, असार १०, २०७७