समाचार हेडलाईन न्युज

बालुवाटारमा जारी नेकपा स्थायी कमिटि बैठक १२ गते पुनः बस्नेगरी सकियो

सुनकोशी न्युज २०७७ असार १० बुधबार

काठमाडौं । बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक साढे २ घण्टा बसेर सकिएको छ । अर्को बैठक असार १२ गते बस्नेछ ।

आजको बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेपछि सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा अध्यक्ष केपी ओलीले समग्र परिस्थितिका बारेमा धारणा राखेका थिए । उनले सकारात्मक तथा नकारात्मक सवै विषयमा धारणा राखेको र बैठकमा आगामी दिनमा छलफल गर्दै अघि बढ्न सकिने विश्वास व्यक्त गरेका थिए ।

त्यस्तै अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिमा सरकार, पार्टी, समग्र परिस्थित र आदर्शलाई केन्द्रविन्दुमा राखेर छलफल गर्न र निष्कर्ष निकाल्नुपर्ने बताएका थिए । उनले कमिकमजोरीको पनि समीक्षा गर्न तयार हुनुपर्ने धारणा राखेका थिए ।

बैठकमा प्रस्तावित कार्यसूचीहरु महासचिव विष्णु पौडेलले अध्यक्षद्वयका तर्फबाट प्रस्ताव गरेका थिए । ती कार्यसूचीमाथि स्थायी कमिटी सदस्यहरुले केही बुँदा थप सुझावका रुपमा राखेका थिए ।

सुरुमा पाँचवटा बुंदा पेस गरिएकोमा स्थायी कमिटि सदस्यहरुको सुझावलाई मध्यनजर गर्दै बैठकका एजेण्डा थप गर्दै सातवटा पारिएको थियो । बैठकको कार्यसूचीमा प्रारम्भवमा अध्यक्षहरुले मन्तव्य राख्ने, दोस्रो कोभिड १९ रोकथाम, सरकारका काम, पार्टी एकता तथा एमसीसी सातौंमा विविध विषय गरी कार्यसूची समेटिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

नगरिकता विधेयकबारे पछि कार्यसूचीमा थपिएको थियो । त्यस्तै कोभिड–१९ महामारीका बेला संघीय सांसद र प्रदेश सासदहरुले भत्ता नलिन अन्य दलसँग छलफल गर्ने भएको छ ।

प्रकाशित मिति: बुधबार, असार १०, २०७७