समाचार हेडलाईन न्युज

आन्दोलन गर्नेलाई कडा कारबाही गर्ने गृहको चेतावनी

सुनकोशी न्युज, २०७७ ज्येष्ठ २९ गते विहिबार,
काठमाण्डौं । बन्दाबन्दीको बेलामा सामाजिक दुरी कायम नगर्ने, नाराजुलुस गर्ने, ज्ञापनपत्र बुझाउन जाने र आन्दोलन गर्न जाने वा आन्दोलन गर्न सामाजिक संजालबाट बोलाउनेलाई सिडियोले कारबाही गर्नसक्ने भन्दै गृह मन्त्रालयले चेतावनीयुक्त विज्ञप्ती निकालेको छ ।

केही दिनयता एमसिसिको बिरुद्धमा, कोरोना व्यवस्थापनमा सरकारले खर्च गरेको दश अर्बको खर्च विवरण माग्न र नक्साको विषयलई लिएर लगातार आन्दोलन र सरकारलाई ज्ञापनपत्र बुझाउने काम भइरहेको छ । आन्दोलनकारीहरुले माइतीघर मण्डला र प्रधानमन्त्री निवास बालुवाटार परिसरमा आन्दोलन गरिरहेका छन् ।

निशेधित क्षेत्र भन्दै माइतिघरबाट प्रहरीले आन्दोलनलाई भगाएपछि उनीहरु अकोपाई बालुवाटार भन्दै प्रधानमन्त्री निवासपरिसर घेराउ गर्दै आन्दोलन गरिरहेका छन् । सरकारले पानीको फोहोरा, अश्रुग्यास, लाठी प्रहार गरेर आन्दोलनकारीमाथि जाइलागेको छ । साथै धरपकड पनि गरेको आन्दोलनकारीको आरोप छ ।

तर कोरोना माहामारीका कारण जनताको स्वास्थ्यरक्षाको लागि गरिएको लकडाउन उल्लंघन गर्ने र जनताको जीवनसँग खेलवाड गर्ने अधिकार आन्दोलनको नाममा कसैलाई पनि नभएको भन्दै गृहमन्त्रालयले चेतावनीयुक्त विज्ञप्ती निकालेको छ । कानुनको अवज्ञा गर्ने जोकसैलाई पनि नछाडिने विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा यस्तो लेखिएको छ :
प्रेस विज्ञप्ति
विश्‍वव्यापी महामारीको रुप लिएको कोभिड(१९ संक्रमणको जोखिमबाट नागरिकहरुको जीवन रक्षाका लागि नेपाल सरकार ९मन्त्रिपरिषद्० को मिति २०७६ चैत्र ९ गतेको निर्णयले मिति २०७६ चैत्र ११ गतेदेखि संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी जारी भएको बन्दाबन्दीको आदेश ९ीयअपमयधल० ले निरन्तरता पाई हालसम्म पनि कायमै रहेको व्यहोरा सबैलाई जानकारी नै छ । यस अवधिमा विभिन्‍न कठिनाईहरुका बावजुद पनि नेपाल सरकारको आदेशको परिपालना गरी गराई कोभिड(१९ को जोखिमबाट आफू सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्‍न सहयोग गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छौं ।

तर विगत केही दिन अगाडीदेखि विभिन्‍न बहाना र माग राखेर सामाजिक सञ्‍जालबाट सर्वसाधारणलाई निश्‍चि स्थानमा जम्मा हुन आह्‍वान गर्ने, जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिहरुलाई सहभागी बनाउने, ज्ञापन पत्र दिन जाने आदि जस्ता कामका नाममा अनावश्यक भिडभाड गरी अप्रत्यक्ष रुपमा बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाएको प्रवृत्तिप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकारको आदेश बमोजिम आवश्यक काम नपरी हिंडडुल गर्न नहुने, हिंडडुल गर्न वा आवागमन गर्नै पर्ने भएमा पनि न्यूनतम भौतिक तथा सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क लगायत स्यानिटाइजरहरु प्रयोग गर्नुपर्ने, अनावश्यक भिडभाड नगर्ने, नगराउने भनी उल्लेख भएकोमा उक्त प्रावधानको प्रतिकुल कार्यहरु भए गरेको देखिएको छ । बन्दाबन्दीको ९ीयअपमयधल० आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन, द्दण्द्दण् को दफा ३ को सजाय अन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रु १०० देखि ६०० सम्म जरिवाना र १ महिना देखि ६ महिनासम्म थुनामा राख्‍ने गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरा समेत सम्बन्धित सबैलाई स्मरण गराइन्छ ।

प्रस्तुत पृष्ठभुमिमा नेपाल सरकारले जारी गरेको बन्दाबन्दीको आदेश ९ीयअपमयधल० विपरीत हुने गरी कुनै पनि काम कारबाही नगर्नु नगराउनु हुन वा कुनै पनि बहानामा संलग्‍न समेत नरहनुहुन सम्बन्धित सबैलाई विनम्र अनुरोध गरिन्छ । नेपाल सरकारले जारी गरेको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने जो कोहीलाई पनि प्रमुख जिल्ला अधिकारीले उक्त ऐनले दिएको अधिकार प्रयोग गरी कारबाही गर्न बाध्य हुनुपर्ने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

केदारनाथ शर्मा
सहसचिवरप्रवक्ता
मितिः २०७७।०२।२९

प्रकाशित मिति: बिहिबार, जेष्ठ २९, २०७७