समाचार हेडलाईन न्युज

आज प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

सुनकोशी न्युज, २०७७ ज्येष्ठ २८ गते बुधबार,
काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

संसद बैठक बुधबार बिहान ११ बजे बस्दैछ । आ.व. २०७७÷७८ को बजेट, नेपालको नयाँ नक्सा र संविधान संसोधन लगायत विषयमा संसदमा उठेका सवालहरुको जवाफ दिन प्रम ओलीले संसदमा संवोधन गर्न लागेको सभामुखका प्रस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए् ।

संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने उल्लेख छ ।

साथै संसदमा विनियोजन विधेयक २०७७ अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकहरुमा २६ जना सांसदहरुले राखेको खर्च कटौतीको प्रस्तावसमेत निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने सम्भावित कार्यसूची समेत रहेको छ ।

प्रकाशित मिति: बुधबार, जेष्ठ २८, २०७७