कृषि समाचार हेडलाईन न्युज

नेपालमा तत्कालका लागि सलहको जोखिम टरेको विज्ञको निष्कर्ष

सुनकोशी न्यूज,२०७७ जेष्ठ २३ शुक्रबार
काठमाडौं । सलह किराको प्रवेश र रोकथामबारे अध्ययन गर्न गठित प्राविधिक समितिले तत्कालका लागि नेपालमा सलहको जोखिम टरेको निष्कर्ष निकालेको छ।

कृषि मन्त्रालयले गठन गरेको समितिले बुझाएको प्रतिवेदनअनुसार पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलहको ठूलो झुण्ड राजस्थानमा पुगेपछि तितरबितर भएको छ ।

सलहको ठूलो बथान छुटेको र नेपालमा मनसुनका कारण हावाको वेगमा आएको परिवर्तनले नेपालमा सलहको जोखिम अत्यन्तै न्यून रहेको समितिको निष्कर्ष छ ।

दक्षिण एसियामा देखिएको सलहबारे खाद्य तथा कृषि कार्यक्रम (एफएओ) ले गरेको अध्ययनमा पनि सलह नेपाल प्रवेश हुने सम्भावना अत्यन्तै कम पाइएको अध्ययन समितिका संयोजक सहदेव हुमागाइँले बताए ।

सलहको जीवनचक्रका लागि अण्डा पार्न नेपालको हावापानी अनकूल नरहेको र मनसुनका कारण नेपालमा पूर्वीय हावाको चाप बढ्दा किरा नेपाल प्रवेश गर्न नसक्ने पनि समितिले औँल्याएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ २३, २०७७