मुख्य समाचार समाचार

प्रहरी चौकी स्वयम्भूका असईले गोली हानी आत्महत्या गरे

सुनकोशी न्युज, २०७७ ज्येष्ठ ११ गते आइतबार,
काठमाण्डौं । प्रहरी चौकी स्वयम्भूमा कार्यरत असई विष्णुप्रसाद कार्कीले गोली हानेर आत्महत्या गरेका छन्। उनले आफ्नो दाहिने कञ्चटमा पेस्तोलबाट गोली हानेका हुन्।

उनले के कति कारणले आत्महत्या गरे भन्ने बारेमा अनुसन्धान जारी रहेको अपराध महाशाखाका एसएसपी दिपक थापाले बताए।

प्रकाशित मिति: आइतवार, जेष्ठ ११, २०७७