समाचार हेडलाईन न्युज

एमसिसि चालु बजेट अधिवेशनबाटै पास गर्न नेकपा सचिवालय बैठक सुरु, रावल र ज्ञावली पनि सहभागी

सुनकोशी न्युज, २०७७ ज्येष्ठ १० गते शनिबनर,
काठमाडौं । नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। बजेट, एमसिसी र नेपाल(भारत सम्बन्धका विषयमा छलफल गर्न आज सचिवालय बैठक बोलाइएको हो ।

चालु बजेट अधिवेशनबाटै एमसिसीको टुंगो लगाउन भन्दैे आजको बैठकमा नेकपाले वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वमा बनाएको एमसिसीको कार्यदलका सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीलाई पनि बोलाइएको छ ।

त्यस्तै बजेटका विभिन्न पक्षमा छलफल गर्नुपर्ने भएकाले आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि बोलाइएको छ । सचिवालयले नेपाल भारत सम्बन्ध र बजेटका विभिन्न पक्षमा छलफल गर्नेछ ।

प्रकाशित मिति: शनिबार, जेष्ठ १०, २०७७