समाचार हेडलाईन न्युज

लिम्पियाधुरासहितको नयाँ नक्सा राजपत्रमा : निशानछापमा नक्सा परिवर्तन गरिने

सुनकोशी न्युज, २०७७ ज्येष्ठ ९ गते शुक्ररबार,

काठमाण्डौं । लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित भएको छ। राजपत्रमा प्रकाशित भैपछि अब नेपालको नयाँ नक्सा लागू भएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न पठाए लगतै मुद्रण विभागले प्रकाशन गरेको छ। राजपत्रमा नेपाल सरकारका तर्फबाट मन्त्रालयका सचिव केदार न्यौपानेको हस्ताक्षर छ।

सरकारले गत जेठ ४ गते मन्त्रिपरिषदको निर्णय गरी ७ गते आधिकारिकरुपमा सार्वजनिक गरेको हो। । यो नक्सामा भारतद्धारा अतिक्रमित लिम्पियाधुरासहित भूभाग समेटिएको छ। नेपालले आफै बनाएको नक्सामा पहिलो पटक लिम्पियाधुरासहित अन्तर्राष्ट्रिय सीमानासहितको यो नक्सा प्रकाशित भएको छ। यो नक्सामा भारतले लामो समयदेखि अतिक्रमण गरेको गुन्जी, कुटी र नाभी समेत समेटिएको छ।

भूमि राजपत्रमा प्रकाशित भएपछि अब यो नक्सा आम सर्वसाधारणले प्रयोग गर्न पाउने भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रवक्ता जनकराज जोशीले जानकारी दिए।

नयाँ नक्सा राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सबै संवैधानिक निकाय र मन्त्रालय तथा मातहतका कार्यालयमा राख्न पठाइने जानकारी उनले दिए। संघीय मामिला लगायत मन्त्रालयले नयाँ नक्सा फ्रेममा सजाएर कार्यालयमा राखिएको छ ।

साथै, आज बसेको मन्त्रीपरिषदको बैठकले नेपालको लोगोमा भएको निशानछापमा प्रयोग गरिएको नेपालको नक्सा पनि फेर्ने निर्णय गरेको छ । यसले नेपालभरिका सरकारी निकायमा प्रयोग गरिएको निशानछाप फेरिनेछन् ।’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले सुनकोशी न्युजलाई बताउनुभयो ।

नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सम्बन्धी
प्रकाशित मिति: शुक्रबार, जेष्ठ ९, २०७७