शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

प्रदेश १ मा ४० हजार मानिसको पिसिआर परीक्षण गर्ने तयारी : दैनिक एक हजार परीक्षण

सुनकोशी न्युज, २०७७ ज्येष्ठ ९ गते शुक्ररबार,
विराटनगर । प्रदेश नं. १ को सरकारले १४ जिल्लामा ४० हजारको कोरोना जाँच गर्ने तयारी गरेको छ । दैनिक एक हजारका दरले ४० हजार बढीको पीसीआर परीक्षण जाँच गर्ने तयारी गरेको हो ।

शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले भारतबाट नेपाल फर्कनेबाट हुनसक्ने सम्भावित जोखिम नियन्त्रणका लागि परीक्षण दायरा बढाउने निर्णय गरेको छ । प्रदेश १ मा दैनिक एक हजार जनाको कोरोना जाँच गर्ने तयारी भएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।

स्वीकृत भएको कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाहरुको बर्गीकरणसमेत गरेको छ । प्रदेश सरकारले उच्च जोखिम, मध्यम जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा बर्गीकरण गरेको छ । सिमावर्ती जिल्लालाई उच्च जोखिममा राखेको छ ।

उच्च जोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कुल जनसंख्याको ०.५ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको मुख्यमन्त्री राईले बताए । प्रदेश १ मा चार हजार एक सय बढीको पिीसीआर विधिबाट परीक्षण भइसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ ९, २०७७