समाचार

मेलम्ची आयोजनाको पाइप सफा गर्ने क्रममा २ मजदुरको मृत्यु

शुक्रबार, साउन १७, २०७६

काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा काठमाडौंको बालाजुमा जना मदजुरको मृत्यु भएको

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार पाइप सफा गर्ने क्रममा जना मजदुरको मृत्यु भएको हो

मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय सुरेश साह २० वर्षीय शिवराम साह छन् उनीहरु दुवैजना दाजुभाई हुन्

दुवैजना दाजुभाई बिहीबार राति १० बजेतिर बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको गेटभल्व सफा गर्न पाइपभित्र छिरेका थिए

पाइपभित्र छिरेको घण्टासम्म पनि दुवै जना बाहिर नआएपछि अरु मजदुरले प्रहरीलाई खबर गरेका थिए

प्रहरीले स्काभेटरको प्रयोग गरी गेटभल्व रहेको ठाउँमा खनेर दुवैजनालाई बाहिर निकालेको थियो दुईजनामध्ये जनाको बाहिर निकालेर उपचार गर्न लैजाने क्रममा बाटोमा अर्काको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको डिएसपी बोगटीले जानकारी दिए

प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६