शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

बुढानिलकण्ठ वडा नं. १०, ११ र १२ मा आजरातीबाट निशेधाज्ञा

sunkoshinews.com

सुनकोशी न्युज, २०७७ जेष्ठ ५ गते सोमबार,
काठमाण्डौं । बुढानिलकण्ठ नगरपालिका वडा नं। १०, ११ र १२ को कपन मिलनचोक, तरकारीबजारदेखि बलुवाखानी चोक रुद्रमती चोक, भण्डारी गार्मेन्ट, आकासेधारा, ह्याण्डबल ग्राउण्ड, दुर्गामन्दिर क्षेत्र र वडा नं १२ का आदर्शनगर, राधा कृष्ण टोल र खरिबोट क्षेत्र लगायत स्थानलाई अर्को सूचना नआएसम्मको लागि निशेधाज्ञा जारी गरिएको छ । वडा नं. १०, ११ र १२ को संयुक्त बैठक बसी उक्त निर्णय गरिएको हो ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ तेन्जिंग चोकमा बस्दै आएकी सर्लाहीकी एक युवतीमा कोरोना संक्रमण देखिएपछि वरपरका यी स्थानहरुमा विविध गतिविधिमा निशेधाज्ञा जारी गरिएको विज्ञप्तमिा जनाइएको छ । सोमबार राती बार बजेदेखि लागु हुनेगरी यो क्षेत्रलाई निशेधाज्ञा जारी गरिएको छ ।

निशेधाज्ञा जारी गरिएपछि यहाँको तरकारी, खाद्यन्न, मासुपसल लगायत कुनै पनि संचालन गर्न पाइने छैन । सबै पसल अर्को सूचना प्रकासित नहोउन्जेल नखोल्न नगरपालिकाले टोलटोलमा पुगेर माइकिङ गर्दै जानकारी गराएको छ । औषधि पसलहरु भने खुल्ने छन् । उक्त क्षेत्रमा खुल्ला तरकारी तथा फलफुल विक्री वितरणमा पूर्ण रोक लगाउने निर्णय गरेको छ भने कुनै पनि घरमा काठमाडौं बाहिर बाट आएका व्यक्तिको सुचना दिनेलाई ५ सय प्रोहोत्साहन रकम दिने पनि निर्णय गरेको छ। अत्यावास्यक सेवा प्रदान गर्नेले मानिस ओसार पसार गरेको पाइएमा कारवाही गर्ने जनाएको छ।

त्यस्तै उक्त बैठकले बुढानिलकण्ठ नगरपालिकाका तोकिएको समय बाहेक व्यवसाय संचालन गरेमा १ हजार रुपैया जरिवाना गर्ने निर्णय गरीको छ ।
तोकिएका सातवटा प्रमुख चोक र स्थानबाहेक अन्य स्थानमा भने विहान केही समयका लागि तरकारी, खाद्यान्न र मासु पसलहरु संचालन गर्न पाइने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ ५, २०७७

 

 

ताजा अपडेट