समाचार हेडलाईन न्युज

बीरगंजमा अस्पतालबाट भागेका दुई मध्ये एक संक्रमितलाई प्रहरीले समात्यो

सुनकोशी न्युज, २०७७ वैशाख ३१ गते

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट भागेका दुई जना कोरोना रोगीमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी वीरेन्द्रबहादुर शाहीका अनुसार अस्पतालकै वरपरको क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको हो ।

डीएसपी शाहीले भने, ‘प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएर अस्पताल लैजाँदै छ । उनी अस्पतालबाट किन भागेका हुन् भन्नेबारे अनुसन्धानपछि मात्रै खुल्नेछ ।’ भागेका अर्का कोरोना रोगीको भने खोजी कार्य जारी रहेको उनले बताए । बुधबार अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका थिए ।

प्रकाशित मिति: बुधबार, बैशाख ३१, २०७७