समाचार हेडलाईन न्युज

लकडाउन ७ देखि १० दिन थप्न सरकारलाई उच्चस्तरीय समितिको सुझाव

सुनकोशी न्युज, २०७७ वैशाख २३ गते
काठमाण्डौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले वैशाख २५ गतेसम्म घोषणा गरिएको लक(डाउन अझ बढ्ने बताएका छन् । मंगलवार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति बैठकको निर्णय सुनाउँदै उनले लक(डाउन निरन्तर अघि जाने बताएका हुन् ।लक(डाउन कहिलेसम्म हुन्छ भन्ने प्रश्नमा बिडारीले यसको निर्णय मन्त्रिपरिषद बैठकले गर्ने बताए ।

कोभिड १९ संक्रमणलाई रोक्ने र शून्यमा झार्ने तर्फ सबै प्रयासहरू जारी राख्ने र हाम्रो मुलुकभित्र कसैलाई पनि मृत्युवरण गर्नुपर्ने स्थिति नआओस् भनेर अझ प्रभावकारी रूपमा काम गर्ने विषयमा छलफल भयो, बिडारीले भने ।२५ गतेपछि लक(डाउन निरन्तर हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा बिडारीले भने, यो अझ कन्टिन्यु हुन्छ ।

उनले कोरोना रोकथामका लागि सरकारले गरेका अहिलेसम्मका प्रयासहरू सही दिशातर्फ उन्मुख भएको बताए । मन्त्रिपरिषदको बैठकमा थप सल्लाह हुनेछन् तर अहिले जे जसरी सरकराले नीति अख्तियार गरेको छ, सही बाटो छ भन्ने हाम्रो निष्कर्ष रह्यो,  उनले भने ।

प्रकाशित मिति: मङ्लबार, बैशाख २३, २०७७