मुख्य समाचार सम्पादकीय

पत्रकार विदुर ढुङ्गेललाई मातृ शोक

काठमाडौं । रामेछाप निवासी रामेछाप साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशक र प्रेस नेपालका केन्द्रिय सचिव विदुर ढुङ्गेलको माता लिलामायाको गएराती निधन भएको छ । उहाँको रामेछाप जिल्ला दोरम्बा गाउ वार्ड नं ६ मा १९९४ साल कार्तिक ११ गते जम्म भएको हो ।
उहाँ विगत १० वर्षदेखि कान्छा छोरा विदुर ढुङ्गेलसँग भक्तपुरको बालकोटमा बस्र्दै आउनु भएको थियो । उहाँको गयराती अर्थात २०७७ साल बैशाख २६ गते निजामति अस्पतालमा निधन भएको हो । उहाँ बेलुका खानाखाई सुतिसकेपछि केहि असजीलो भएपछि अस्पताल लगिएको छोरा विदूरले बताएका छन ।

प्रेस नेपालका अध्यक्ष केशव अर्याल, लायन्स क्लव आफ जोर्नालिष्टका अध्यक्ष योगेन्द्र प्रताव शाहि र सचिव यज्ञ ढकाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका प्रेस सल्लाहकार विश्वराज पाण्डेले आज विहान निवासमै गएर दुःख व्यक्त गरेका छन ।

प्रकाशित मिति: शनिबार, बैशाख २७, २०७७