मुख्य समाचार समाचार

नेकपा काठमाण्डौं–१ का इन्चार्ज शर्माको पहलमा रक्तदान, महामारीमा हुने रगतको अभावमा राहत

सुनकोशी न्युज, २०७७ वैशाख १८ गते,
काठमाण्डौं । बानेश्वरको रत्नराज्य माविमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । १५० जना दाताहरु सहभागी उक्त कार्यक्रममा ८२ प्रिन्ट रगत संकलन भएको कार्यक्रमका आयोजक नेकपाका काठमाण्डौं क्षेत्र नं. १ का इन्चार्ज अनिल शर्माले बताएका छन् ।

बिश्व नोबल कोरोना भाइरस (कोविड–१९) बाट त्रसित भैरहेको बर्तमान सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौं, क्षेत्र नं.१ को आयोजनामा मध्यबानेश्वर स्थित श्री रत्न राज्य माध्यमिक बिधालयमा पार्टीका क्षेत्रीय इन्चार्ज शर्माको पहल र स्थानिय १५० जना इच्छुक दाता हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भयको हो । भौतिक दुरि कायम गर्नु पर्ने लगायतका मापदण्डको कारण समय अभाव हुन गई सबै इच्छुकले रक्तदान गर्न नपाएको आयोजकले शर्माले बताएका छन् ।

माहामारीका बेला मुलुकको स्वास्थ्य क्षेत्रमा रगतको संकट नहोस् र बिरामीहरुले रगतको अभावका कारण जीवन गुमाउनु नपरोस् भन्ने हेतुले रक्तदान कार्यक्रम आयोजना गरियको हो । रक्तदान कार्यक्रममा उपस्थित स्थानिय समाजसेवी, बुद्धिजीवी लगायत सबै शुभेच्छुकहरुलाई शर्माले बधाई तथा धन्यवाद ज्ञापन गरेका छन् ।

कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी भक्तपुरले प्राबिधिक सहयोग रहेको थियो भने नेपाल प्रहरी र बिध्यालय परिबारले ब्यवस्थापनमा सहयोग गरेको थियो ।

 

 सुनको

प्रकाशित मिति: बिहिबार, बैशाख १८, २०७७