मुख्य समाचार हेडलाईन न्युज

नेकपा सचिवालय बैठक निष्कर्षविहीन, अर्को बैठक वैशाख २० गते

सुनकोशी न्युज, २०७७ वैशाख १७ गते,

काठमाण्डौं । प्रमुख सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक निष्कर्षविहीन बनेको छ । बुधवार साँझ बालुवाटारमा बसेको बैठक यही वैशाख २० गते अर्को बैठक बस्नेगरी टुंगिएको छ ।

बैठकमा पार्टीका आन्तरिक समस्या, स्थायी कमिटी बैठक लगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।
ुपार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको सुदृढीकरणको महत्त्व सरकार र केही कमरेडहरूले माग गर्नुभएको स्थायी कमिटी बैठकसहित विविध पक्षबारे गम्भीर विचार विमर्श भयो,ु बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ुपार्टी नेतृत्वले अनौपचारिक छलफल अघि बढाउँदै २० गते पुनस् सचिवालय बैठक बस्ने निर्णय भएको छ ।

स्थायी कमिटी बैठकबारे पनि सचिवालयको आगामी बैठकले निर्णय लिने प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति: बुधबार, बैशाख १७, २०७७