मुख्य समाचार हेडलाईन न्युज

नेपाललाई ओलीका तीन प्रलोभन, संसदको गणितीय खेल सुरु, किनबेचको सम्भावना अधिक

टिप्पणी, सुनकोशी न्युज, २०७७ वैशाख १५ गते,
काठमाण्डौं । प्रधानमन्त्री ओलीको मनोगत कार्यशैलीका कारण सत्तारुढ पार्टी नेकपामा यतिबेला तीब्र अन्तरविरोध सिर्जना भएको छ । प्रधानमन्त्रीले आफ्नो गुटका तर्फबाट मन्त्री बनाएका सांसदहरु एकपछि अर्को भ्रष्टाचारमा मुछिएपछि उनी समस्यामा परेका छन् ।

पार्टीको सचिवालय, स्थायी कमिटि र केन्द्रीय समितिमा समेत ओली अल्पमतमा छन् । यस्तोमा पार्टीका समकक्षी नेताहरुसँग छलफलै नगरी मनोगत तरिकाले सरकारका महत्वपूर्ण निर्णय गर्ने गरेको आरोप प्रम ओलीलाई लाग्ने गरेको छ । यसका साथै भ्रष्टाचार गर्ने मन्त्रीलाई संरक्षण गरेको र आफूनिकट व्यापारीलाई राष्ट्रको सम्पत्ति कौडीको भाउमा सुम्पेको समेत आरोप लागेको छ । जसका कारण सरकार बहुमतप्राप्त र शक्तिशाली भएर पनि कमजोर अनुभूति गरिरहेको छ ।

पछिल्लो समय पार्टीमा जानकारी नै नगराइ दलविभाजन सम्वन्धी र संवैधानिक परिषद सम्वन्धी विधेयक ल्याएर तुरुन्तै राष्ट्रपतिबाट पास गराएको घटनाले सरकार रक्षात्मक अवस्थामा पुगेको छ । त्यसमाथि लगत्तै समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवको अपहरण गरेको आरोप उनीमाथि लागेको छ । यसले अन्तराष्ट्रिय रुपमै सरकार बदनाम भएको छ । पार्टीभित्रका कार्यकारी अध्यक्ष, वरिष्ठ नेताद्वय, सचिवालय र स्थायी समितिसमेतका बहुसंख्यक नेता सरकारको यो कदमको बिरुद्ध खडा भएका छन् । प्रधानमन्त्रीको कार्यशैली र उनका निजी सचिवालयका कर्मचारी र सल्लाहकारले त्यसको बचावटमा बोल्ने गरेका भाषशैलीले सरकार झनै बदनाम भएको छ ।

पार्टीभित्र र बाहिर तीब्र बिरोध भएपछि त्यसलाई थेग्न नसकेर ओलीले दुबै विधेयक फिर्ता गर्न वाध्य भएका छन् । तर त्यसले उत्पन्न गरेको पराकम्पनले ओली सरकारको मात्रै नभएर पार्टीभित्र ओलीको प्रभावलाई पनि हल्लाइदिएको छ । उनी संसदीय दल र पार्टी दुबैमा अल्पमतमा छन् । उनी अहिले रक्षात्मक लडाई लडिरहेका छन् । अहिले उनी पार्टीमा पूर्व एमाले, खासगरी माधव नेपाललाई फकाएर बहुमत पु¥याउने दौडमा लागेका छन् । यसका लागि उनले पूर्वमाओवादी र पूर्वएमाले भन्ने सेन्टीमेन्ट पैदा गरेर त्यसको जबरजस्ती प्रचार गरिरहेका छन् ताकि माधव नेपाल पक्षधरलाई आफूनिकट ल्याउन सकियोस् । तर नेपाल, खनाल र गौतमले प्रचण्डलाई साथ दिइरहेका छन् ।

बिगतमा महाधिवेशनदेखि नै ओलीले नेपाल, खनाल र गौतमपक्षधरका सिनियर नेतालाई ओलीका जुनियर कार्यकर्ताको अण्डरमा राखेर अपमान गर्ने गरेको तितो सत्य भूलेका छैनन् । बागमति प्रदेश र एक नम्बर प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव भिम आचार्यलाई पञ्छाउदै केन्द्रय समितिमा पनि नभएका डोमणी पोडेल र शेरधन राईलाई ओली गुटमा भएकै कारण मुख्यमन्त्री बनाएका थिए । यसबाट शाक्य र आचार्यले अभूतपूर्व अपमान भएको महसुस गरे ।

अहिले पार्टीका बहुमत नेताले आफूबिरुद्ध संसदीय दलमा अविस्वासको मत ल्याई प्रधानमन्त्रीबाट हटाउने र पार्टीमा पनि सबैतिर अल्पमतमा पारेर अध्यक्षबाटै हटाउने खतरा देखिरहेका छन् । यसका लागि बिसजना स्थायी समिति सदस्यले स्थायी समितिको बैठक माग गर्दा पनि उनी भने यसलाई अटेर गरिरहेका छन् । उनी दिनरात माधव नेपालको घरमा आफ्ना गुटका नेता पठाएर माधव नेपाललाई फकाउन लागेका छन् । उनले सोमबार कोटेश्वरमा माधव नेपालपक्षसँग वार्ता गर्न तीन प्रस्ताव लिएर गएका थिए । जसमा एक नम्बर प्रदेश र बागमति प्रदेशको मुख्यमन्त्री दिने प्रसव गरिएको छ । मन्त्रीमण्डलमा माधव नेपालका केही मान्छेलाई मन्त्री बनाइदिने र प्रधानमनत्रीको सचिवालयका सल्लाहकार र निजिसचिव पनि फेर्ने प्रस्ताव गरेका छन् । यसका साथै ओलीले नेपाललाई अध्यक्ष समेत बनाउने लालीपप देखाएका छन् ।

। ओलीको पहिलो प्रस्ताव छ मुख्यमन्त्री फेर्ने । हाल पूर्वएमालेबाट ४ मुख्यमन्त्री छन् । चार जना नै ओली समुहबाट मुख्यमन्त्री बनेका छन् । गण्डकी प्रदेश र ५ नम्वर प्रदेशका मुख्यमन्त्री पार्टीभित्र पनि सिनियर नेता नै हुन् तर प्रदेश १ र बाग्मति प्रदेशका मुख्यमन्त्री भने जुनियर नेता हुन् । ओली समुहमा लागेकै कारण उनीहरुले मुख्यमन्त्री पाएका छन् । नेपाल समुहमा रहेकै कारण तत्कालिन एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बाग्मति प्रदेशको मुख्यमन्त्री बन्न सकिनन् । प्रदेश कमिटीका जुनियरलाई मुख्यमन्त्री बनाइएको थियो । त्यसैगरी प्रदेश १ मा पनि तत्कालिन एमाले सचिव भीम आचार्य मुख्यमन्त्री बन्न पाएनन् । ओलीले अहिले त्यो गलत निर्णय सच्याउने प्रस्ताव नेपाललाई पठाएका छन् ।

दोस्रोे ओलीले मन्त्रीहरु फेर्ने प्रस्ताव गरेका छन् । सरकारमा राम्रो काम गरेका नेपाल निकटका मन्त्रीहरु अपमानितरुपमा हटाइएको थियो । गोकर्ण बिष्ट, लालबाबु पण्डितलाई ओलीले दण्डीत गरेर हटाएका थिए । ओलीले वर्तमान मन्त्रीपरिषद हेरफेर गर्ने प्रस्ताव पनि पठाएका छन् ।
तेस्रो ओलीले आफ्नो नीजि सचिवालय फेर्ने प्रस्ताव गरेका छन् । नीजि सचिवालय फेर्न आफु तयार रहेको प्रस्ताव नेपाललाई पठाएको स्रोतले बताएको छ । तर जवाफमा नेपालले एक ब्यक्ति एक पद, पार्टीको विधि र पद्धतिअनुसार चल्न तथा स्थायी कमिटी बैठक बोलाउन ओलीलाई जवाफ दिएको स्रोतले बताएको छ ।

कहीकतै नेपालपक्ष ओलीको प्रलोभनमा नपरेको खण्डमा संसदीय दलमा कसरी बहुमत पुराउने भन्नेमा पनि ओलीपक्ष गृहकार्य र हिसाबकिताबमा लागेको छ । संसदमा अहिले ओली, नेपाल र प्रचण्डका पक्षमा रहेका सांसदहरु यस प्रकार छन् ः

ओली पक्षका सांसद ९७८ जना :

केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, वसन्तकुमार नेम्वाङ, लालप्रसाद साँवा, राजेन्द्र गौतम, राजेन्द्र राई, घनश्याम खतिवडा, भानुभक्त ढकाल, विशाल भट्टराई, लीलानाथ श्रेष्ठ, रघुवीर महासेठ, पार्वत गुरुङ, भूमिप्रसाद त्रिपाठी, खेमप्रसाद लोहनी, कृष्णबहादुर राई, ईश्वर पोखरेल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, नवराज सिलवाल, गोकुल बाँस्कोटा, कृष्णप्रसाद दाहाल, पोल्देन छोपाङ गुरुङ, खगराज अधिकारी, विद्या भट्टराई, जगतबहादुर सुनार, कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल, नारायणप्रसाद मरासिनी, पद्माकुमारी अर्याल, तिलकबहादुर महत, प्रेमप्रसाद तुलाचन, भुपेन्द्रबहादुर थापा, सूर्यप्रसाद पाठक, पदम गिरी, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, दलबहादुर राना, विष्णु पौडेल, वृजेसकुमार गुप्ता, नन्दलाल रोका क्षेत्री, हृदयेश त्रिपाठी, रवीन्द्रराज शर्मा, नवराज राउत, लालबहादुर थापा, प्रेमबहादुर आले, नारदमुनि राना, गणेशसिंह ठगुन्ना, दामोदर भण्डारी, नरबहादुर धामी, भैरवहादुर सिंह । विजय सुब्बा, मोहन बानियाँ, मोतिलाल दुगड, थममाया थापा, डा।शिवमाया तुम्बाहाङ्फे, सुजिता शाक्य, बिना श्रेष्ठ, नविना लामा, शान्तिमाया पाख्रिन, कुमारी मेचे, बिनादेवी बुढाथोकी मगर, राधाकुमारी ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, निरुदेवी पाल, मनकुमारी जिसी, विष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तीर्था गौतम, शान्ता चौधरी, गंगा चौधरी ९सत्गौवा०, बिमला विश्वकर्मा, आशाकुमारी विक, जुलीकुमारी महतो रेखाकुमारी झा, सरिताकुमारी गिरी, सानु शिवा ।

माधव नेपाल पक्षका सांसदहरु ९४३ जना :

झलनाथ खनाल, माधवकुमार नेपाल, योगेश भट्टराई, पवित्रा निरौला, भवानी खापुङ, लालबाबु पण्डित, जयकुमार राई, यज्ञराज सुनुवार, गणेशकुमार पहाडी नारायणप्रसाद खतिवडा, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, शेरबहादुर तामाङ, विरोध खतिवडा, सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डेय, घनश्याम भुसाल, मेटमणि चौधरी, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, राजबहादुर बुढा क्षेत्री, ध्रुवकुमार शाही, भीम रावल, यज्ञबहादुर बोगटी, झपट रावल, दीपकप्रकाश भट्ट, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, तुल्सी थापा, कल्याणीकुमारी खड्का, मायादेवी न्यौपाने, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु विमलाकुमारी विश्वकर्मा, पार्वतीकुमारी बिसुंखे, डा। पुष्पा कुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कालिला खान, समिना हुसेन ।

प्रचण्ड पक्षका सांसदहरु ९५३ जनाः

पुष्पकमल दाहाल प्रचण्ड, राम कार्की, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल, हेमकुमार राई, सुरेशकुमार राई, सुरेशचन्द्र दास, मात्रिका यादव, गिरिराजमणि पोखरेल, रामेश्वर राय यादव, प्रभु साह, श्यामकुमार श्रेष्ठ, हरिबोल गजुरेल, हितबहादुर तामाङ, पम्फा भुसाल, गंगाबहादुर तामाङ, हरिराज अधिकारी, देव गुरुङ, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, चक्रपाणि खनाल, कमला रोका, वर्षमान पुन, कृष्णबहादुर महरा, महेश्वरजंग गहतराज, सन्तकुमार थारु, टेकहादुर बस्नेत, गजेन्द्रबहादुर महत, दुर्गबहादुर रावत, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, गौरीशंकर चौधरी, लेखराज भट्ट, बीना मगर । हितराज पाण्डे, पूर्णकुमारी सुवेदी, रेखा शर्मा, धर्मशीला चापागाइँ, सीता पोखरेल, सत्या पहाडी, इन्दु शर्मा, वोधमाया यादव, अन्जना विशुंखे, दुर्गा विक, जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्ती, यशोदा, सुवेदी, अमृता थापा, रामकुमारी चौधरी, शेखतारा चाँद ।

ओलीलाई संसदीय दलमा बहुमत पु¥याउन १० देखि १२ जना सांसद अपुग हुने उनीहरुको ठम्याई छ । पूर्वमाओवादीपक्षका ५३ सांसद प्रचण्डको लाइनबाट दायाँबाँया नहुने ठानेपछि ओलीपक्ष नेपालका सांसद फकाउन सांसदको घरभरमा दौड लगाउन सुरु गरिसकेका छन् । यस्तोबेलामा विगतमा हुनेगरेको सांसद किनबेचको घिनलाग्दो इतिहास पुनरावृत्ति हुन लागेको देखिन्छ । भेडाबाख्रा सरह मोलमालाई हुने र किनबेच हुने अवस्था आएको छ सांसदहरुको । रातारात मधेसी दलमा आएको तरंग, त्यसमा नेकपाका सांसदको संलग्नता, सरकारको निर्देशन र पूर्व आइजिपिको कमाण्डलाई हेर्दा सांसद किनबेचको खेल सुरु भएसकेको आभाष हुन्छ ।

मंगलबार सचिवालयको बैठक बस्ने कोटेश्वर भेलाको सहमति भएको जानकारी दिइएको छ । त्यसले स्थायी समितिको बैठकको मिति तय गर्ने छ । त्यसबेलासम्म रातारात उत्पन्न हुने घटनाक्रमले नेकपाको राजनीति, सरकारको भविष्य र नेपालको राष्ट्रिय राजनीतिलाई कुन दिशा दिने हो, जनता व्यग्र प्रतिक्षारत छन् ।

प्रकाशित मिति: सोमवार, बैशाख १५, २०७७

 

 

ताजा अपडेट