शिक्षा/स्वास्थ्य हेडलाईन न्युज

डाक्टर पुन मन्त्रालयमा उपस्थित, नियमित काममा रहेको जानकारी (मन्त्रालयको चिठी र डा.पुनको विज्ञप्तीसहित)

सुनकोशी न्युज, २०७७ वैशाख ७ गते
काठमाण्डौं । सूचना चुहाएको भन्दै स्पष्टीकरण सोधिएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुन आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उपस्थित भएका छन्।

मन्त्रालयको पत्र प्राप्त भएपछि आइतबार अस्पतालमा उपस्थित भएको डा. पुनले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन्।नेपालको एकमात्र सरुवा रोग उपचार केन्द्रको रुपमा रहेको टेकु अस्पताल कोरोना माहामारीको उपचारको पनि केन्द्र रहेको छ । नेपालभरि ¥यापिड टेष्ट गरिएका संकास्पद संक्रमितको अन्तिम टेष्ट टेकुमा गरेपछि फाइनल परिणाम सार्वजनिक गरिने गरेको छ ।  डा. पुनले प्रवक्ताको पत्रकार सम्मेलनअगावै मिडियामा सूचना चुहाएको आरोप छ ।

सामाजिक संजालमा महामारीका बेला विषेशज्ञ डाक्टरलाई प्रोत्साहन गर्नुपर्नेमा हतोत्साहित गरेको आरोप लाग्ने गरेको थियो । वैशाख ५ गतेको मितिमा मन्त्रालयले डाक्टर पुनलाई पत्र पठाएपछि आज उनी मन्त्रालय उपस्थित भइ आफू नियमित काममा रहेको जानकारी दिएका हुन् । उनले एक विज्ञप्ती मार्फत उक्त जानकारी दिएका हुन् ।
विज्ञप्ती :

प्रकाशित मिति: आइतवार, बैशाख ७, २०७७