हेडलाईन न्युज

भारतीय सीमामा थप कडाई, ८३८३ सशस्त्र प्रंहरीका सुरक्षाकर्मी तैनाथ

सुनकोशी न्युज, २०७६ वैशाख ४ गते,
काठमाण्डौं । सशस्त्र प्रहरीले भारतीय सीमा नाका सिल गर्न ७ वटै बाहिनी मुख्यालयबाट थप फौज परिचालन गरेको छ । ७ वटै प्रदेशस्थित बाहिनी मुख्यालय तथा त्यसमातहतका गण, गुल्म तथा तालिम केन्द्रबाट थप ८ हजार ३ सय ८३ जना सशस्त्र प्रहरी परिचालन गरेको छ ।

सशस्त्र प्रहरी मुख्यालयका अनुसार एक नम्बर वराह बाहिनी सुनसरीबाट एक हजार ५ सय ४९, २ नम्बर छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट ३ हजार २ सय ६२, ३ नम्बर गढिमाई बाहिनी मुख्यालय मकवानपुरबाट १९, ४ नम्बर मुक्तिनाथ बाहिनी पोखराबाट १८, ५ नम्बर विन्द्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीबाट २ हजार ४ सय २० र वैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट एक हजार एक सय १५ गरी ८ हजार ३ सय ८३ जना सशस्त्र प्रहरी परिचालन गरिएको हो।

दक्षिणतर्फ भारतसँग एक हजार ८ सय ८० किलोमिटर सीमा जोडिएको छ। थप फौज परिचालन गरिएसँगै सीमामा एक चेक प्वाइन्टबाट अर्को चेक प्वाइन्टसम्मको दूरी एक किलोमिटरभन्दा कममा झारिएको छ। लकडाउनअघि यो दूरी १० किलोमिटरसम्म थियो। सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीले पनि सीमातर्फ आफ्ना करिब ५ हजार सुरक्षाकर्मी ४ सय ५० युनिटमार्फत खटाएको छ।

प्रकाशित मिति: बिहिबार, बैशाख ४, २०७७