हेडलाईन न्युज

पासको दुरुपयोग : सवारी पास बोकेर मापासे गरी सवारी चलाउनेको पास खोसियो

सुनकोशी न्युज, २०७६ वैशाख ४ गते,
काठमाडौँ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउने २१ जनालाई प्रहरीले कारवाही गरेको छ भने उनीहरु सबैको सवारी पास समेत खारेज गरिएको छ ।

लकडाउनका समयममा अत्यावस्यक कामका लागि भन्दै लिइएका पासको दुरुपयोग भएको हो । पछिल्लो समय पासको दुरु पयोग बढेका कारण जाँचमा कडाइ गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख९एसएसपी० भीमप्रसाद ढकालले पासको दुरुपयोग रोक्नका लागि चेक जाँचमा कडाइ गरिएको बताए ।

पासको दुरुपयोग गर्दै कतिपयले मदिरा सेवन गरि सवारी चलाएकोसमेत पाइएको उनले बताए । पासलाई गलत रुपमा प्रयोग गर्ने, अनावश्यक रुपमा हिँडडुल गर्ने र पासलाई सानको रुपमा प्रयोग गर्नेको संख्या बढेसँगै कारवाहीलाई कडाइ गरिएको उनको भनाइ छ । पासको दुरुपयोग गर्दै सावरी चलाउनेको संख्या बढिरहँदा ट्राफिक प्रहरीले मापसे जाँचलाई पनि निरन्तरता दिएको थियो । नयाँ वर्षको अघिल्लो दिन राति पास भएका चालकले मापसे गरेको फेला परेको उनले बताए । त्यसक्रमा पास भएका पास भएका २१ जना चालक मदिरा सेवन गरेको अवस्थामा भेटिएका थिए । उनीहरुको पास खोसिएको र अनावश्यक रुपमा हिँडडुल गर्नेहरुको पाससमेत जफत गरिएको उनको भनाइ छ ।

पासको दुरुपयोग भएको भन्दै एकहजार आठसय ४६ वटा सवारी साधनको पास खोसिएको छ । महाशाखाका अनुसार, लकडाउन अवधिमा आठहजार नौसय ७४ सवारी साधन कारवाहीमा परेका छन् । लकडाउनको समय वैशाख १५ सम्म बढाइएसँगै सवारी आवागमनमा कडाइ गरिएको हो ।

प्रकाशित मिति: बिहिबार, बैशाख ४, २०७७