मुख्य समाचार समाचार

कोरोनाका कारण एकवर्षे प्रावधानअन्तर्गत मोरङमा २७ कैदीबन्दी रिहा

Empty prison cell

सुनकोशी न्युज, २०७६ चैत्र २९ गते,
काठमाण्डौं । जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दीमा कोरोनाको सङ्क्रमण फैलिन नदिन विशेष सतर्कता अपनाएको कारागार प्रशासनले जानाएको छ ।

कैदीबन्दीलाई साबुनपानीले मिचीमिची हात धुन र स्यानिटाइजर तथा मास्कको प्रयाप्त व्यवस्था गरेको कारागार प्रमुख सुभाषकुमार लामिछानेले जानकारी दिनुभयो । कैदीबन्दीमा ज्वरो आउँदा स्वास्थ्य जाँच गर्नुका साथै समय–समयमा नियमित स्वास्थ्य जाँच गर्ने गरिएको र स्वास्थ्य सुविधाअन्तर्गत आवश्यक औषधि नियमितरूपमा उपलब्ध गराइएको कारागार प्रशासनले जनाएको छ ।

कैदीबन्दीले पाउने सिदाबापत रकम नियमितरूपमा प्राप्त गर्नुका साथै स्वच्छ हरियो तरकारीका लागि ग्रामीण क्षेत्रबाट नियमितरूपमा आपूर्ति भइरहेकाले कुनै पनि खाद्य सामग्रीको अभाव कैदीबन्दीले व्यहोर्नु नपरेको प्रमुख लामिछानेले जानकारी दिए। पचास महिलासहित ३०० कैदीबन्दी क्षमता रहेको कारागारमा अहिले पाँच बालबालिका, ९० महिला र ७९४ पुरुषले कैद सजाय भुक्तान गरिरहेको र अहिलेको अवस्थालाई ध्यानमा राखेर कैदीबन्दीलाई भेट्न आउने मानिसलाई पनि व्यवस्थित गरिएको उनले बताए।

सर्वोच्च अदालतको फौजदारी कार्यविधिसंहिता दफा १५५ प्रावधानअन्तर्गत गत चैत १२ गतेको बैठकबाट निर्णय गरेअनुसार एक महिलासहित २७ कैदीबन्दीलाई रिहा गरिएको उहाँले बताउनुभयो । रिहा भएका कैदीबन्दी बहुविवाह, सवारी ज्यान, लागुऔषध, वन पैदावर, जबर्जस्ती करणी र सरकारी छाप कीर्ते मुद्दामा सजाय भुक्तान गरिरहेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत्र २९, २०७६

 

 

ताजा अपडेट