मुख्य समाचार समाचार

नेपाल प्रहरीका १० एसएसपीको डीआईजीमा बढुवा सिफारिस (सूचीसहित)

Nepal Police

सुनकोशी न्युज, २०७६ चैत्र २९ गते,
काठमाण्डौं । नेपाल प्रहरीका १० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालयले खाली रहेको दरबन्दीमा शुक्रवार बढुवा सिफारिस गरेको हो ।

गृह मन्त्रालयले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ९४० को प्रावधानअनुसार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको जनाएको छ ।
गृह मन्त्रालयले घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह, बसन्त कुमार लामा, रबिन्द्र बहादुर धानुक, उत्तमराज सुबेदी र अरुण कुमार बिसीलाई डीआईजी बढुवाको लागि सिफारिस गरेको हो ।

प्रकाशित मिति: शनिबार, चैत्र २९, २०७६