मुख्य समाचार समाचार

सिन्धुलीमा वन महासंघद्वारा राहत हस्तान्तरण

नविन श्रेष्ठ, सुनकोशी न्युज, २०७६ चैत्र २५ गते
सिन्धुली÷सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सिन्धुलीले विश्वव्यापी महामारी कोभिट–१९ (कोरोना भाईर) बाट बचाउन राहत तथा उपचारकोलागि सिन्धुली अस्पताल र कमलामाई नगरपालिकालाई राहत हस्तान्तरण गरेको छ ।
वन महासंघले सिन्धुली अस्पताललाई एक लाख एघार हजार एक सय एघार रुपयाँको चेक सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रोलादकुमार पोख्रेललाई सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुलीको अध्यक्ष हितलाल श्रेष्ठ र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बागमति प्रदेश उपाध्यक्ष कृष्णकुमार श्रेष्ठले राहत रकम संयुक्त हस्तान्तरण गर्नुभएको हो ।
त्यस्तै कमलामाई नगरपालिका विभिन्न सामुदायिक वन समूहहरुकोबाट संकलन भएको पचहत्तर हजार रकम कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीलाई सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुलीको अध्यक्ष हितलाल श्रेष्ठ र सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बागमति प्रदेश उपाध्यक्ष कृष्णकुमार श्रेष्ठले राहत रकम संयुक्त हस्तान्तरण गर्नुभएको हो ।
कमलामाई नगरपालिकालाई महासंघको समन्वयमा सरस्वती सामुदायिक वन उपभोक्ता समूहबाट २० हजार, कमलामाई सा.व.उ.स.बाट २० हजार, कमलाजीजन्मस्थाना सा.व.उ.स.बाट १५ हजार र दक्षिणकालि सा.व.उ.स.बाट २० हजार रकम प्राप्त भएको थियो । कोभिट–१९ महामारिमा राहत वितरणको लागि जिल्ला महासंघ सबै सामुदायिक वन उपभोक्ता समूहबाट राहत रकम संकलन गरेर कमलामाई नगरापलिकाको राहत कोषमा हस्तान्तरण गर्न निरन्तररुपमा लागि रहने जिल्ला महासंघका अध्यक्ष हितलाल श्रेष्ठले वताउनुभयो ।
सिन्धुली अस्पतालको राहत कोषमा यस रकम सहित करिब ४ लाख ५० हजार हाराहारिमा राहत रकम संकलन भएको अस्पतालि विकास समितिका अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । “रकम करिब ४ लाख ५० हजार विभिन्न सामाग्रि सहिति करिब ६ लाखबराबर यस सिन्धुली अस्पताललाई राहत उपलब्ध भएको छ” अध्यक्ष पोख्रेलले वताउनुभयो ।
यस वीच सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुलीले यस समय खुरी याम भएकोले वन जंगलमा डढेलो लागि जंगल र जंगलीजनावर विनास हुन सक्ने भन्दै वन डढेलो नियन्त्रण गर्न सबै समुह र उपभोक्तालाई आग्रह गर्नुभएको छ । “वन जंगल आफ्नो सम्पत्ति हो र हामीलाई आफ्नो सम्पत्तिलाई कहिले पनि क्षेतिहुन दिनु हुदैन, त्यसैले वन जंगलमा सलाई लाईटर जस्ता प्रज्वलनपशिल बस्तु वोकेर प्रवेश नगरौं, वन जंगल संरक्षण गारौं” अध्यक्ष श्रेष्ठले वताउनुभयो ।

प्रकाशित मिति: मङ्लबार, चैत्र २५, २०७६