हेडलाईन न्युज

एक स्थानीय तहबाट अर्कोमा जान नपाइने मन्त्रीपरिषद्को नयाँ निर्णय

सुनकोशी न्युज, २०७६ चैत्र २२ गते शनिबार,

काठमाडौं । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो ।

कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे भने सरकारले कुनै निर्णय गरेको छैन ।

सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने जानकारी दिए । कैलाली कञ्चनपुर र बाग्लुंगमा नयाँ संक्रमण देखा परेकोले ति क्षेत्रमा संभाब्य ब्यक्तिको परिक्षण गर्ने र शंकामा भएका ब्यक्तिलाई पुन परिक्षण गर्ने योजना रहेको बताए । ति क्षेत्रमा र्यापिड परिक्षण गर्ने उनले बताए । बाधा उत्पन्न गर्ने बाधा पुर्याउनेलाइए कारबाही गर्ने, उपचारमा स।लग्न चिकित्सकको सुरक्षा प्रत्याभूति गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: शनिबार, चैत्र २२, २०७६