बागमती समाचार

३ पटकसम्म राहत लिन मिल्ने परिणामअनुसार फरक रङ्गका कुपन र ४ क्षेत्रबाट राहत बाँड्दै वडा ४

काठमाडौं । काठमाडौं महानगरको वडा ४ ले राहत बाँड्न ३ रङ्गका कुपन तयार पारेको छ । एकजना व्यक्तिका दिइने कुपन पहँेलो, परिवार संख्या ४ जना हुनेले नीलो र परिवार संख्या ४ जनाभन्दा धेरै हुनेले रातो रङ्को कुपन पाउनेछन् । महानगरले तोकेको ढाँचामा विवरण बुझाउनेहरुमध्ये राहत पाउन योग्य व्यक्तिलाई कुपन उपलब्ध गराइनेछ । राहत वितरणलाई व्यवस्थित गराउन गरिएको प्रयासका बारेमा जानकारी गराउँदै वडाध्यक्ष मोहन विष्ट भन्नुहुन्छ — हामीले वडालाई ४ क्षेत्रमा बाँडेर हरेक क्षेत्रको नेतृत्व गर्न वडा सदस्यहरुलाई जिम्मेवारी तोकेका छौं । हामी वडामा सामान ल्याएर बाँड्दैनौं ।

महानगरको मापदण्डले तोकेको सामानको मुल्य स्थानीय खाद्य बिक्रेतासँग मुल्य लिएका छौं । हामीलाई प्राप्त मुल्यमध्ये कम मुल्यमा तोकेको सामान उपलब्ध गराउने व्यापारीसँग सामान उपलब्ध गराउन सम्झौता गरेका छौं । वडाध्यक्ष थप्दै भन्नुहुन्छ — हामीले कुपनमा कति सामान पाउने हो उल्लेख गरेका छौं । भोलि दोश्रो वा तेश्रो पटक राहत दिनुप¥यो भने फेरि विवरण लिनु नपरोस् भन्नका लागि एकपटक कुपन दिँदा ३ पटकका लागि दिन्छौं । यदि दोश्रो वा तेश्रो पटक पनि राहत उपलब्ध गराउनु प¥यो भने त्यसका लागि लाभग्राहीसँग कुपन हुन्छ । त्यही कुपन दिएर उसले सामान दिन पाउँछ । यदि दिनु परेन भने कुपन स्वतः खारेज हुन्छ ।

पहेँलो कुपन प्राप्त गर्ने व्यक्तिले ४ किलो चामल, १ किलो दाल, १ किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र १ किलो तरकारी लिन सक्नेछन् । त्यस्तै नीलोे कुपनवालाले १२ किलो चामल, २ किलो दाल, १ किलो नुन, आधा लिटर तेल, २ किलो चिउरा र ३ किलो तरकारी र रातो कुपनवालाले १६ किलो चामल, ३ किलो दाल, १ किलो नुन, १ लिटर तेल, ३ किलो चिउरा र ४ किलो तरकारी पाउनेछन् । यो राहत कोभिड — १९ (कोरोना भाइरस) को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउन अवधिमा असहाय, अति विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने बर्गले पाउनेछन् ।

आफैं सामान खरिद गर, त्यसलाई प्याकेट बनाउ यो काम कठिन छ । यसलाई सरल बनाउन हामीले स्थानीय व्यापारीसँग सम्झौता गरेका हौं । वडासचिव गोविन्द आचार्य भन्नुहुन्छ — वडाले दिएको कुपन र त्यसवापत् दिएको सामानको बिल लिएर व्यापारी आएपछि हामी उसलाई भुक्तानी गर्छौं । यसले गर्दा भीड व्यवस्थापन गर्न, अप्ठ््यारोमा परेको मानिसका नजिकै राहत पु¥याउन सजिलो हुनेछ, आचार्यको भनाइ छ । अनधिकृत व्यक्तिका हातमा राहत नपुगोस् भनेर हामीले हरेक व्यक्तिको विवरणलाई घरधनीले शिफारिस गर्नुपर्ने प्रावधान राखेका छौं, वडासचिव आचार्य भन्नुहुन्छ — यसले हामीसँग प्राप्त हुने कागजलाई थप बलियो बनाउँछ ।

१० हजार घरसंख्या रहेको वडामा करीब ७० हजार जनसंख्या रहेको अनुमान गर्दै वडाध्यक्ष बिष्ट भन्नुहुन्छ — १० हजार घरको करीब ९० प्रतिशत कोठा भाडामा छन् । कुरा नबुझेर भाडामा बस्ने, बिद्यार्थी सबै फारम लिन आएका छन् । अहिलेको राहत मापदण्डमा उनीहरुलाई दिन नसकिने भएकाले सम्झाउन जनप्रतिनिधिहरुलाई हम्मेहम्मे छ । वडामा बसोबास गर्ने राहत पाउन योग्य व्यक्तिको पहिचान गर्न बालुवाटार क्षेत्रको जिम्मा वडा सदस्य दिनेश महर्जनको नेतृत्वमा गठन गरिएको टोलीलाई दिइएको छ । त्यस्तै चण्डोल, धुम्बाराही, बिशालनगर प्रगति टोलको जिम्मा वडा सदस्य सरु अधिकारीको नेतृत्वमा समिति गठन गरिएको छ । त्यस्तै धुम्बाराहीको आनन्द मार्ग र चक्रपथ बाहिरको क्षेत्र वडासदस्य धु्रव त्रिपाठी नेतृत्वको समितिलाई र कपन मार्ग पीपलबोट, गणेश बस्ती, मिलीजुली टोल कल्पना बयलकोटी नेतृत्वको समितिको भागमा परेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत्र २१, २०७६