कर्णाली हेडलाईन न्युज

जुम्लामा संक्रमणको आशंका गरिएका ४ जनाको रिपोर्ट ‘नेगेटिभ’

सुनकोशी न्युज,
२०७६ चैत १९ गते
जुम्ला । कोराना भाइसर संक्रमणको आशंकामा गरिएको चार जनाको परीक्षण नतिजा नेगेटिभ आएको छ । ४ जना बिरामीको नमुना परिक्षणका लागि संकलन गरिएको ‘स्वाव’ नेगेटिभ देखिएको हो ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला रकालिकोट बाट पठाएका ४ ओटा कोरोना शंकास्पद बिरामीको रिपोर्ट कोरोना नेगेटिभ देखिएको हो । चैत १७ गते परिक्षणका ४ वटास्वाब जुम्लाबाट पठाईएको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार दिन देखि आइसोलेसनमा भर्ना भएका दुइ जना र तातोपानी गाउँपालिकाका लाम्रा रकालिकोटको नाग्म निगरानी केन्द्रमा बसेका एक एक जना गरि चारजनाको ‘स्वाव’ नमुना परिक्षणका लागि पठाइएकोमा रिपोट अनुसार कोरोना संक्रमण नभएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, चैत्र १९, २०७६