शिक्षा/स्वास्थ्य हेडलाईन न्युज

कोरोना त्रास : एसइइ लगायत सम्पूर्ण परिक्षा स्थगित

सुनकोशी न्युज
२०७६ चैत्र ५ गते
काठमाडौं । सरकारले एसइइ लगायत विश्वविद्यालयका सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिइएको अनलाइनखबरलाई बताए । यसअघि सत्तारुढ नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सुझाव दिएपछि एसईई परीक्षा स्थगित भइसकेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन । यसअघि विश्वविद्यालयको परीक्षासम्बन्धमा निर्णयका लागि बिहीबार पदाधिकारीलाई छलफलका लागि शिक्षा मन्त्रालयमा बोलाउने भनिएको थियो । तर, केही घन्टापछि परीक्षा रोक्ने निर्णय भएको हो ।
परिक्षाका लागि मिहिनेत गरेका विद्यार्थीले यसरी परिक्षा अन्तिम घडीमा आएर स्थगित हुँदा मानसिक असर परेको प्रतिकृया दिएका छन् । एकातिर कोरोनाको त्रास, अर्कोतिर सरकारले अन्तिममा आएर परिक्षा रोकिदिदा क्यारियरमा समेत असर पर्ने भए पनि सरकारले सुरक्षाको लागि गरेको यसखाले तयारी भने स¥हानीय भएको बताउछन् विद्यँर्थीहरु ।

प्रकाशित मिति: बुधबार, चैत्र ५, २०७६