समाचार हेडलाईन न्युज

लायन्स क्लब ३२५ ए टु ड्रिस्ट्रिक्टका लागि सेकेण्ड भीडिजीमा लायन दिनेश प्रसाद श्रेष्ठको मनोनयन दर्ता

काठमाडौं । लायन्स क्लब अन्र्तराष्ट्रियको लायन वर्ष २०२० २०२१का लागि नेतृत्व चयनका लागि निर्वाचन प्रकृया शुरुभएको छ । लायन्स क्लब अन्र्तराष्ट्रियको कन्भेन्सन आगामी जुन महिनाको २६,२७ र २८ मा सिङ्गापुरमा हुने भएको छ । अन्र्तराष्ट्रियको कन्भेन्शन अगावै विश्वभरमा रहेका लायन्स डिस्ट्रिक्टहरुको कन्भेन्स सम्मपन्न गर्नु पर्ने प्रावधान अन्र्तगत लायन्स क्लब अन्र्तरास्ट्रिय ३२५ ए टु को ड्रिस्ट्रिक्ट गभर्नरका साथै फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नर र सेकेण्ड भाइस ड्रिस्ट्रिक्ट गभर्नरका लागि मनोनयन दर्ता कार्य बानेश्वर, बुद्धनगरको क्वालिटि पार्टि प्यालेस सम्मपन्न भएको छ । २०२० र २०२१ को यस भोटका लागि डिस्ट्रिक्ट गभर्नर सुशिला मल्लका साथै फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नरमा केशव पाण्डेले मनोनयन दर्ता गरेका छन् भने सेकेण्ड भाइस ड्रिस्ट्रिक्ट गभर्नरमा हाल ३२५ ए टु ड्रिस्ट्रिक्टका क्याबिनेट सेक्रेट्रि लायन दिनेश श्रेष्ठले मनोनयन दर्ता गरेका छन् ।

यस भोटका लागि ५१ प्रतिशत भोट अनिवार्य हुन्छ । यस भोटमा अन्य प्र तिस्पर्धीले मनोनयन दर्ता गरेका छैनन् । यदी अन्यले मनोनयन नगरेको खण्डमा उनीहरु सर्वसम्मत नेतृत्वमा आउनेछन् ।सेकेण्ड भाइस ड्रिस्ट्रिक्ट गभर्नरमा मनोनयन दर्ता गरेका दिनेश श्रेष्ठले लायन्स क्लब सामाजिक सेवाका लागि भएकोले आगामी दिनमा लायन्सको समाजसेवा कार्यलाई निरन्तर दिनुका साथै नयाँ सदस्यहरुलाई थप्दै अगाडी बढ्ने बताए । उनले क्लबको गरीमालाई उच्च बनाइराख्न निरन्तर क्रियाशील रहने समेत बताए । ३२५ ए टु ड्रिस्ट्रिक्टको कन्भेन्सन वैशाख १३ गते शनिबार काठमाडौंमा हुने भएको छ ।
त्यस्तै लायन्स क्लब अन्र्तराष्ट्रियको सिङ्गापुरमा जुनको २६,२७ र २८ मा हुने भनिएको कन्भेन्शन महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाईरसका कारण स्थगित हुने संभावना पनि उत्तिकै देखिएको छ ।

प्रकाशित मिति: बुधबार, चैत्र ५, २०७६