मुख्य समाचार

१ लाख ६८ हजार मास्क सहित ६ जना पक्राउ

१लाख ६८ हजार सर्जिकल मास्क सहित ६ जना पक्राउ परेका छन् ।

कपन स्थित मिलनचोकमा ब्ल्याकमा विक्री  गरिरहेको अवस्थामा १ लाख ६८ हजारे सर्जिकल मास्क सहित ६ जना पक्राउ परेका हुन् ।

महानगरिय प्रहरी परिसरे टोली कारोबजारी भइरको सूचनाका अधारमा कपनमा पोते पसल सञ्चालन गर्ने २६ बर्षका आजिम बवस मियाँ, प्लाष्टिक सप्लार्यस २४ बर्षका सञ्जन कुमार रेग्मी, आरडीजी इन सप्लार्यसका ३४ बर्षीय सुरज गायल, भारत राजस्थानका बागबजार बस्ने २७ बर्षीय सुवास महेश्वरी र बा७च ७२६३ नम्वरको गाडी चालक र सहचालक सहित ६ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यलयका प्रमुख डीआईजी विश्वराज पोखरेलले बताए ।

यस्तै चन्द्रगिरी नगरपालिका–१० मो गरेको आरडीजी इनको गोदाममा रहेको झण्डै लाख मास्क सिल गरिएको डीआइजी पोखरेलले बताए । प्रति मास्क ३१ रुपैयाँमा बेच्न लागेको अवस्थामा पक्राउ परेका हुन् ।

प्रकाशित मिति: सोमवार, चैत्र ३, २०७६