बागमती मुख्य समाचार

सरकार सङ्घीयता असफल बनाउने खेलमा : अध्यक्ष यादव

बिराटनगर । समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार सङ्घीयता असफल बनाउने खेलमा लागेकाे आरोप लगाएका छन् । आइतबार बिराटनगरमा प्रेस नेपाल माेरङले अायाेजना गरेकाे पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यस्तो आरोप लगाएका हुन् । सङ्घीयतालाई बलियो बनाउन प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउनुपर्ने जिकिर गर्दै उनले पहिचान र सामार्थ्यको आधारमा १०+१ प्रदेश निर्माण अपरिहार्य रहेको औंल्याए । नारामा ‘सुखी नेपाली, समृद्ध नेपाल’ भँज्याए पनि आफ्नै कार्यक्रममा असफल भएको भन्दै उनले सरकारको बोलाई र गराईमा एकरूपता नरहेकाे टिप्पणी गरे ।

सरकारले प्रेस स्वतन्त्रता हनन् गर्ने धेयका साथ मिडिया काउन्सिल विधेयक, फाेन टाईपिङ र सेना परिचालन लगायत विधेयक प्रस्तुत गर्ने अन्तिम तयारीमा रहेको भन्दै यादवले आलोचना गरे । प्रदेश नं २ मा सरकार परिवर्तन हुन्छ ? भन्ने सन्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै यादवले भने -‘प्रदेश नं २ को सरकार परिवर्तन गर्नुपर्ने आवश्यकता छैन । त्यसैले हुँदैन ।’

प्रकाशित मिति: आइतवार, फाल्गुन ४, २०७६