बागमती मुख्य समाचार

काठमाण्डौं–३(ख) का फुँयालले लिए बागमति प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री पदको सपथ

सुनकोशी न्युज,
२०७६ फल्गुण ५
हेटौडा । बागमती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाल नियुक्त  भएका छन्। सोमबार मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित फुँयाललाई बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेका हुन्।

फुँयाल नेकपा बागमती प्रदेश संसदीय दलको मुख्य सचेतक पनि हुन्। उनलाई प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाँईले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको सपथ खुवाएका छन्। यसअघि माघ २९ गते अन्तिम समयमा आएर फुँयालको सपथ ग्रहण तत्कालका लागि स्थगित भएको थियो। सथपग्रहण कार्यक्रममा मुख्यमन्त्री पौडेलसहित मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु र प्रदेश सरकारका सचिवहरुलगायतको उपस्थिति थियो।

यस अघि भौतिक पूवौधार मन्त्री केशव स्थापित पदमुक्त भएपछि उक्त मन्त्रालय मुख्यमन्त्री पौडेल आफैले सम्हाल्दै आएका थिए। सपथग्रहणपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले निष्पक्ष ढंगले प्रदेशको विकासमा आफ्नो क्षमताले भ्याएसम्म काम गर्ने बताए।

प्रकाशित मिति: सोमवार, फाल्गुन ५, २०७६