प्रदेश २ समाचार

श्यामसुन्दर यादवको अध्यक्षमा २० सदस्यीय प्रेस नेपालको २ नम्बर प्रदेश समिति घोषणा

  • योगेन्द्र प्रताप शाही

जनकपुरधाम । पत्रकारहरूको संगठन ‘प्रेस नेपाल’ घोषणा गरिएको छ । जनकपुरको उधोग वाणिज्य संघको सभाकक्षमा एक कार्यक्रमको आयोजना गरी प्रेस नेपालका केन्द्रीय अध्यक्ष केशव अर्यालको प्रमुख अतिथि एवं केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज आतिश मिश्रको अध्यक्षताम २० सदस्यीय प्रेस नेपालको प्रदेश स्तरीय समिति घोषणा गरिएको छ ।
प्रेस नेपाल तत्कालीन संघीय प्रेस फोरम र नेपाल प्रेस सोसाइटीबीच समायोजन गरी निर्माण गरिएको पे्रस नेपाल समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सहित नेताहरूको उपस्थितिमा प्रेस नेपालको प्रदेश स्तरीय समिति घोषणा गरिएको छ ।
प्रेस नेपाल २ नम्बर प्रदेश समितिको अध्यक्षमा श्यामसुन्दर यादव, वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार यादव, रामनारायण कापडीÞ, राकेश यादव रहेका छन् भने मुख्य सचिवमा मुकेश कुमार ठाकुर त्यस्तै क्रमश सचिवमा ललन कुमार चौरसिया, सरोज यादव कोषाध्यक्षमा बन्दना झारहेका छन् । ८ पदाधिकारी मध्ये तत्कालिन संघीय फोरबाट र २ जना नेपाल प्रेस सोसाइटीबाट हुन् भने बाँकी ६ पदाधिकारी संघीय प्रेस फोरमबाट हुन् । समाजवादीले नेपाल बौद्धिक पेसाकर्मी महासंघको घोषणासँगै प्रेस नेपालको पनि घोषणा गरेका छ ।
प्रदेश स्तरीय प्रेस नेपालको संघीय समिति यसप्रकार रहेको छ अध्यक्षमा श्यामसुन्दर यादव (महोत्तरी), वरिष्ठ, उपाध्यक्षमा सुरेश कुमार यादव (सप्तरी), उपाध्यक्ष रामनारायण कापडीÞ (धनुष), उपाध्यक्ष राकेश कुमार यादव (रौतहट), उपाध्यक्ष मुकेश ठाकुर (धनुषा), मुख्य सचिवमा अभरेन्द्र कुमार यादव (सर्लाही) सचिवमा श्रीनारायण यादव, ललन कुमार चौरसिया (रौतहट) र सरोज यादव (सर्लाही), कोषाध्यक्षमा बन्दना झा (सर्लाही), सदस्यहरुमा क्रमश नगेन्द्र यादव (महोत्तरी), मनोज यादव (सर्लाही), शिवकुमार महरा (सर्लाही), रामविनय साह (बारा), उषा थापा (धुषा), विमला गुप्ता (पार्सा), सुर्यनारायण मन्डल (महोत्तरी), जितेन्द्र झा (सप्तरी) र राजकुमार पासवान (सप्तरी) रहेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६