हेडलाईन न्युज

ललिता निवास जग्गा प्रकरणमा बाबुराम भट्टराईको बयान

सुनकोशी न्युज, २०७६ माघ २४

कठमाण्डौं । नेपाल सरकार समरजंग कम्पनीको नाममा रहेको जग्गा पशुपति टिकिन्छा गुठी जग्गाधनी तथा मोही कायम गर्ने गराउने सम्बन्धमा मन्त्रिपरिषद्‍बाट निर्णय भएको होइन । मन्त्रिपरिषद्‍को निर्णय पुनः नापी बमोजिम नेपाल सरकार समरजंग कम्पनीको नाममा दर्ता भएको सच्याइएको हो । अनि साविक लगत बमोजिम पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गर्न स्वीकृति दिने मात्र हो ।

व्यक्ति विशेषलाई मोही कायम गराउने सम्बन्धमा मन्त्रिपरिषद्‍मा प्रस्ताव आएको पनि छैन र निर्णय भएको पनि होइन । दर्ता सच्याउने प्रस्ताव प्रकृयागत रुपमा आएको र नेपाल सरकार कार्यसम्पादन नियमावली बमोजिम सामाजिक समितिमा पठाई समितिबाट निर्णय भएर आए बमोजिम मन्त्रिपरिषद्‍ले त्यसलाई स्वीकृति गरेको हो ।

स्रोतः विशेष अदालतमा दायर आरोपपत्र ।

 

प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६