हेडलाईन न्युज

गच्छदारविरुद्ध मुद्दा दायर भएपछि कांग्रेसबाट संसद अवरोध

सुनकोशी न्युज,
२०७६ माघ २३

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा पार्टी उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध मुद्दा दायर भएपछि नेपाली कांग्रेसले संसद बैठक अवरोध गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले अवरोध गरेको हो ।

नेपाली कांग्रेसकी सचेतक पुष्षा भुसालले अख्तियारले कसैलाई काखा कसैलाई पाखा गरी अन्यायपूर्ण तरिकाले फसाइएको बताइन् । उनले नेपाली कांग्रेसका नेताहरुलाई फसाईएको बताइन् । उनले सरकारका सचिवहरु पनि कसैविरुद्ध मुद्धा चलाइएको र कसैविरुद्ध नचलाइएको भन्दै आपत्ति जनाइन् ।

उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा गच्छदारको योगदानको स्मरण गरेकी थिइन् । त्यसपछि सभामुख अग्नि प्रसाद सापकोटाले शुक्रबारसम्मका लागि बैठक स्थगित गरे ।

 

प्रकाशित मिति: बिहिबार, माघ २३, २०७६