पत्रपत्रिकाबाट समाचार

तीन गुणा बढ्यो लसुनको मूल्य

सुनकोशी न्युज,
२०७६ माघ २३
काठमाण्डौं । पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ ।

गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ ।

पछिल्लो एकमहिनामा यसको मूल्य ३ सय ५० रुपैयाँले वृद्धि भएको हो । चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण आयात रोकिएपछि नेपाली बजारमा लसुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल लसुनमा आत्मनिर्भर नभएपछि बजारको माग पूरा गर्न व्यवसायीले चीनबाट लसुन आयात गर्दै आएका छन् । राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति: बिहिबार, माघ २३, २०७६