हेडलाईन न्युज

नेकपा केन्द्रीय समिति बैठकका १७ निर्णय 

सुनकाेशी न्युज,

२०७६ माघ १९

काठमाडौं । नेकपा केन्द्रीय समितिको दाेस्राे बैठकले विभिन्न १७ वटा निर्णय गरेको छ। माघ १५ गतेदेखि १९ गतेसम्म ५ दिन चलेको केन्द्रीय समितिको बैठकले गरेका विभिन्न १७ निर्णयहरू निम्न छन् :

1. राजनीतिक र साङ्गठनिक प्रतिवेदन  परिमार्जन गर्ने गरी पारित ।

2. विधान सम्शोधन प्रस्ताव पारित ।

3. आगामी दिनमा विधान बमोजिम पार्टी बैठक गरिने ।

4  क. वामदेव  गौतम  उपाध्यक्षमा चयन   ।

5. 15 दिनभित्र पार्टी एकताका बाकी काम सक्ने ।

6. तीन सदस्यीय एमसिसि अध्ययन कार्यदल गठन ।

7. पार्टी र सरकारबीच  समन्वय गर्न सन्यन्त्र गठन गर्ने ।

8. सदस्यता शुल्क कम गर्ने ।

9. साम्सद लेवी 12 हजार गर्ने ।

10. पार्टी कार्यक्रममा अध्यक्षका फोटा नराख्ने तर मार्क्स, एंगेल्स र लेनिनका राख्ने ।

11. अाचार सम्हिता परिमार्जन गर्ने ।

12. एक व्यक्ति एक मुख्य जिम्मेवारीको व्यवस्था गर्ने ।

13. नेताहरूको सम्पत्ति विवरण  लिन र छानविन गर्न अनुशासन आयोगलार्इ जिम्मा दिने ।

14. अधिवेशनबाट पार्टी बहुपदीयमा जाने ।

15. देशको  नयाँ  नक्सा निकाल्न सरकारलार्इ निर्देशन दिने ।

16. तीन महिने विशेष अभियान सन्चालन गर्ने ।

17. बल्खुमा पार्टी कार्यालय  निर्माण  गर्ने ।

प्रकाशित मिति: आइतवार, माघ १९, २०७६