समाचार

डुबानबाट प्रभावित क्षेत्रमा राहत कार्य आजैबाट शुरु  गर्ने : गर्भनर शोभा जोशी

काठमाडौं । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ए २ का लागि नवनिर्वाचित डिस्ट्रिक्ट गर्भनर लायन शोभा जोशीले लायन्स वर्ष २०१९/०२० का लागि गर्भनरको पदभार ग्रहण गर्नु भएको छ । काठमाडौंको बुद्धनरमा स्थित डिस्ट्रिक्ट ३२५ ए २ को मुख्य कार्यालयको सभकक्षमा आयोजित एक कार्यक्रमा २०१८/०१९ का गर्भनर अर्थात आईपीडिजी लायन सुदर्शनधर प्रधानाङ्गले उहालार्ई पद हस्तान्तरण गर्नु भएको हो ।
उक्त कार्यत्रममा लायन वर्ष २०१९/०२० का गर्भनर लायन शोभा जोशीले देशका विभिन्न क्षेत्रमा हालसालै आएको बाढी, पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा राहत वितरणको कार्य शुरु गर्ने बताउनु भयो । समाज सेवा कार्यका लागि एमरजन्सि शीर्षकमा लायन्सका प्रत्येक सदस्यहरुबाट दिनको एक रुपया सो शीर्षमाका लागि छुट्याउने सिस्टम रहेको छ । हाल नेपालमा डिस्ट्रिक्ट ३२५ ए २ मा १८५ भन्दा पनि बढी क्लब र पाँचहजार भन्दा पनि बढी लायन्स सदस्यहरु आवद्ध रहेका छन् ।
त्यस्तै राहत कार्यका लागि हाल लायन्स क्लब अन्र्तराष्ट्रियबाट १० हजार डलर प्राप्त भएको र डिस्ट्रिक्ट ३२५ ए २ का लायन्स क्लबका सदस्यहरुबाट एमरजन्सि शीर्षकमा संकलन भएको रकम राहत वितरण कार्यमा प्रयोग गरिने डिस्ट्रिकले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, साउन ६, २०७६