हेडलाईन न्युज

नेकपा केन्द्रीय समितिको बैठक आज ११ बजेदेखि, राष्ट्रिय सभागृहमा

सुनकाेशी न्युज,

२०७६ माघ १५ गते,

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक आज ११ बजेबाट बस्दै छ। बैठक राष्ट्रिय सभागृहमा बस्ने छ। लामाे समयसम्म केन्द्रीय समितिको बैठक बस्न नसक्दा पार्टीभित्र नेतृत्वको आलाेचना भएको थियोे ।

यसअघि पुस २३ गतेका लागि तय गरिएको बैठक राष्ट्रिय सभाकाे माघ ९ गते हुने चुनावी तयारीका कारण स्थगित गरिएको थियोे ।

दुई अध्यक्ष मध्ये अाेलिले सरकार र प्रचण्डले पार्टीको कार्यकारी भूमिका निर्वाह गर्ने निर्णयपछि स्थायी समितिकाे बैठक बसेकाे छ। पार्टीका कामहरू फटाफट अघि बढीको छ।

बैठकले निम्न बुंदाहरुमा मूलभूत रुपमा छलफल हुने अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले बताउनुभयो ।

बैठकका एजेण्डाहरू यश प्रकार छन् :

 

१. सहिदहरूप्रति श्रद्धाञ्जलि,

२. बैठककाे उद्घाटन  र उद्घाटन मन्तव्य – सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड केपी शर्मा अाेली,

३. राजनीतिक प्रतिवेदन प्रस्तुति – अध्यक्षद्वयका तर्फबाट   कार्यकारी अध्यक्ष कमरेड पुषपकमल दाहाल”प्रचण्ड”,

४. संगठनात्मक प्रतिवेदन तथा विधान संशाेधन प्रस्ताव प्रस्तुति – महासचिव विष्णुप्रसाद पाैडेल,

५. सातवटै प्रदेशका अध्यक्षहरूद्वारा संगठनातमक कामकाे रिपोर्टिङ,

६. समसामयिक प्रस्तावहरूकाे प्रस्तुति र

७. विविध ।

स्थान : राष्ट्रिय सभागृह

समय: बिहान ११:०० बजे

उद्घाटन सत्र मिडियाकाे लागि खुला रहनेछ ।

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६

 

 

ताजा अपडेट