बागमती हेडलाईन न्युज

नीतिको नेतृत्व म गर्छु, प्राबिधिक र प्रशासनिक काम तपाईहरुले छिटो गर्नुप¥यो : मेयर शाक्य

काठमाडौं । बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइटको पूर्वाधार ढिलाइ हुनुको कारण सोध्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — नीतिगत अप्ठ््यारो भए आफूले जहाँ गएर भए पनि समाधान निकाल्ने बताउनुभयो । मंगलबार महानगरको सभा कक्षमा बसेको बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणका सरोकारवाला पक्षसँगको बैठकमा मेयर शाक्यले, तोकेको समयमा काम सम्पन्न हुन नसक्नुमा कसको दोष हुन्छ? खोजी गर्नुपर्ने बताउनुभयो । ल्याण्डफिल्ड साइट बनाउन नीतिमा केही समस्या छ भने कुन तहमा समस्या छ त्यसलाई समाधान गर्ने जिम्मा मेरो भो । मेयर शाक्यले सहरी बिकास तथा भवन निर्माण बिकागलाई इङ्गित गर्दै भन्नुभयो, ‘प्राबिधिक र प्रशासनिक काम तपाईहरुले पूरा गर्नुप¥यो’ । कार्य प्रगतिको बिश्वशनीयतामा प्रश्न गर्दै मेयर शाक्यले थप्नुभयो — ‘तपाईहरुले दिनुभएको सूचनाका आधारमा हामीले हामीले कामको प्रगति सम्बन्धि कुरा गरिरहेका छौं । यदि तोकिएको समयमा काम भएन भने तपाईहरुमाथि हाम्रो बिश्वाश र हामीमाथि जनताको बिश्वाशको अवस्था कहाँ पुग्छ?’

बैठकमा बोल्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिव महेन्द्र गुरागाईँले, फोहोर ल्याण्डफिल्ड साइटको निर्माण सँगसँगै फोहोर उत्पादनको श्रोतमा बर्गीकरण गर्ने बिधिलाई पनि सँगै प्रवर्धन गर्नुपर्ने बताउनुभयो भने महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले — अहिलेको ठेक्केदारसँग ठेक्का तोडेर नयाँ ठेक्केदारलाई छोटो बाटोबाट ठेक्का दिएर भए पनि वा अन्य बिकल्प खोजेर भए पनि समयमै काम सक्नु पर्ने बताउनुभयो ।

बञ्चरेडाँडाको पूर्वाधार निर्माणमा ठेक्केदारको लापर्वाही रह्यो । अहिलेसम्म भएका कामका बारेमा जानकारी दिँदै सहरी बिकास तथा भवन निर्माण बिभागमा महानिर्देशक मणिराम गेलालले — ठेक्केदारलाई क्लालिटी एस्युरेन्स प्लान (क्युएपि) र मोबिलाइजेसन वापत् लिएको पेश्की रकमको खर्च विवरणसमेत नबुझाएको जानकारी गराउनुभयो । गएको पुष २२ गते ठेक्केदारले परिवर्तित कार्य तालिका (रिभाइज्ड बर्क सेड््युल) पेश ग¥यो । तर, पेश गरेको तालिकाबमोजिम फिल्डमा कामको प्रगति छैन । समय सकिन अब ३ महिना मात्र बाँकी छ । यस अवधिमा निर्माण कार्यको प्रगति करीब ३० प्रतिशत मात्र छ । त्यसैले लक्षित समयमा काम सम्पन्न हुनेमा शंका भएको छ, महानिर्देशक गेलालको भनाइ छ ।

मूल ठेक्केदारबाट कार्य प्रगति नभएपछि उपक्रममा रहेका ठेक्केदारलाई काम लगाएर निर्माण कार्य अघि बढाउने बिभागको योजना छ । नियमित २ सिफ्टमा काम गर्ने हो भने १ महिनामा काम सकिन्छ । जेभिमा रहेका ठेक्केदारबाट यही गतिमा काम काम लगाउनुपर्छ, बैठकमा अधिकारीहरुले योजना सुनाउनुभयो ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका सहसचिव छवि रिजालले — समयमा ल्याण्डफिल्ड साइटको पूर्वाधार तयार गर्न नसक्दा पर्यटन बर्षलाई समेत बाधा पुग्ने बताउनुभयो भने महानगरका सहसचिव राजेश्वर ज्ञवालीले — ल्याण्डफिल्ड साइटको निर्माणका लागि महानगरले पूरा गर्ने दायित्वका कहीँ पनि कमी नहुने बताउनुभयो ।

बञ्चरे डाँडामा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माण गर्न २०७६ बैशाख २२ गते एक बर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी — कोशी एण्ड न्यौपाने जेभि (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार ८९५ रुपैयाँमा गरिएको सम्झौता भएपछिको तीनमहिनाभित्र ठेक्केदारलाई ६ करोड ८० लाख रुपैयाँ मोबिलाइजेसन रकम भुक्तानी दिइसकिएको छ ।-चन्द्रमणी भट्टराई

प्रकाशित मिति: मङ्लबार, माघ १४, २०७६