हेडलाईन न्युज

जनकपुरमा कुटिएका पत्रकारको बयान – के भएको थियो मेयरको कार्यकक्षमा ?

 

पुस २२, २०७६

जनकपुरधाम स् जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर शाहको प्रतिक्रिया लिन पुगेका पत्रकारमाथि कुटपिट भएको छ ।

मेयर साहको कार्यकक्षमा ढोका थुनेर उनका आसेपासे तथा नगरप्रहरी समेतको संलग्नतामा पत्रकारहरूमाथि कुटपिट भएको हो ।

पत्रकारहरू अरकान्त अमर, विकास साह, राजा झा, सुमित मिश्र, सुवास कर्ण र शत्रुधन यादवमाथि कुटपिट भएको हो ।

मेयरले आसेपासे र नगर प्रहरी लगाएर कुटे– पत्रकार विकास साह

समाचारका लागि बाइट लिन भनेर हामी उपमहानगरपालिकामा पुगेका थियौं । हामीलाई ३ घण्टासम्म कुराइयो ।

कार्यताहरू भित्रबाहिर गरिरहने, तर हामीलाई बाहिर कुराइराख्ने । १ बजेसम्म त हामी बाहिर कुरेरै बस्यौं ।

अझै भित्र जान नदिएपछि अमरकान्त अमरजीले आक्रोशित भएर सोध्नुभयो– भित्र मिटिङ छ भन्ने, कार्यकर्ताहरू आउने जाने गरिरहने, हामीलाई किन टाइम नदिने रु

त्यसपछि पनि केही जवाफ आएन । के रहेछ त भनेर हामी भित्र छिर्‍यौं । त्यहाँ मिटिङ थिएन । पत्रकार महासंघका पूर्वअध्यक्ष अशोक रौनियार भित्रै थिए ।

हामी भित्र पुगेपछि मेयरुसापले टाइम लिएको छ रु भनेर सोध्नुभयो ।

अमरजीले बाइट लिनुछ, त्यसैले आएको भन्नुभयो । मेरो क्यामेराम्यानले पनि बाइट लिनुछ भन्नुभयो, म केही बोलिनँ ।

त्यसपछि मेयरुसापले ुमिडियाका नाममा आतंक फैलाएर राखेका छौु भन्नुभयो ।

अमरजीले हाम्रो पूर्वअध्यक्ष पनि यहीँ हुनुहुन्छ, हामीले के आतंक फैलाएका छौं रु भनेर सोध्नुभयो ।

त्यसपछि त मेयरका आसेपासे र नगर प्रहरी आएर धक्कामुक्की शुरू गरिहाले । शुरूमा अमरजीलाई कुटपिट गरे । त्यसपछि मलाई पनि धक्का दिए ।

धक्कामुक्की झण्डै १५ मिनेट चल्यो । कार्यकक्षबाट बाहिर निकालिएपछि हामी त्यहीँ धर्ना दिएर बस्यौं ।

पत्रकार महासंघका जिल्ला अध्यक्ष अनिल मिश्रलाई पनि फोन गर्‍यौं । उहाँ पनि आउनुभयो ।

माहोल झनै तनावपूर्ण बन्यो । कसले कसलाई हानिरहेको छ भन्ने नै थाहा नहुने ।

पाइप, हेल्मेट लगायतले हाने । अमरजीको टाउकोमा चोट लागेको छ । पत्रकार सुमित मिश्रलाई पाइपले हानिएको छ ।

खोसिएको क्यामेरा समेत फिर्ता भएको छैन ।

प्रकाशित मिति: मङ्लबार, पुस २२, २०७६