अन्तर्वार्ता/विचार

वास्तवमा धनी र गरिब भन्ने मात्र सोचाईको कुरा हो : गर्भनरलायन प्राधानाङ्ग

डिस्ट्रीक ३२५ लाईन्स ए टु को गर्भनरको हैसियतले नेपालमा लाईन्स क्लबको स्थापनादेखि अहिलेसम्मको अवस्थाबारे बताई दिनुस न ?
नेपाललाई अहिले अन्र्तराष्ट्रले मल्टीपल डिस्ट्रीक ३२५ भनेर चिन्दछ । अहिले ए वान ए टु र बि वान बि टु सहित चारवटा डिस्ट्रीक छन । म अहिले एटुको गभर्ननर छु । यहाले लाइन्सको इतिहासबारे जिज्ञासा राख्नु भयो लाईन्सको ईतिहस त एकसय वर्षको छ । सय वर्षको ईतिहासलाई यहा विस्तारित भन्न नसकिएला तर लायन्सको ईतिहासबाट केही संक्षिप्तमा भन्न सकिन्छ । खासमा लाइन्सको सुरुवात अमेरिकाकाबाट भएको हो । मेलबिन जोन्सले १९१७ मा लाईन्स क्लब स्थापना गर्नु भएको हो । उहाँले विश्वयुद्धताका जुन आहत देख्नु भयो, त्यसबाट उहाँमा आपत विपत परेकालाई सहयोग गर्नु पर्दछ भन्ने सोच आयो । र उहाले लाईन्स क्लब स्थापना गर्नु भयो । अहिले यो
विश्वका २१० वटा देशमा फैलिएको छ र साढे १४ लाख सदस्य छन् । नेपालमा पुर्व प्रधानमन्त्री मातृका प्रसाद कोइरालाले लाइन्स क्लव अफ बिराटनगर भनेर पहिलो क्लव खोल्नु भएको थियो । उहाले सन् १९७१ मा नेपालमा यस्को शाखा खोल्नु भएको हो । अहिले चारवटा डिस्ट्रीक छन् । ५६ जिल्लामा लायन्सका क्लवहरु छन् । एकतिस हजार सदस्य छन् । यद्यपी २० वटा जिल्लामा अझै शाखा खोल्न सकिएको छैन ।

लाइन्स क्लब भनेको धनिमानिको संस्था हो । यसमा गरिबहरु सदस्य बन्न सक्दैन भन्ने आम धारणा छ नि ?
मलाई त्यस्तो लाग्दैन हेर्नुस मेरो बिचारमा त धनी र गरिब भन्ने भन्दा पनि सोचको कुरा हो । आखिर धेरै त कस्लाई हुन्छ र । कति भए पुग्ने ? यो सोचाईको कुरा हो । देशलाई समाजलाई केही गरौ भन्ने भावना हुनु पर्दछ । आखिर गरिब कस्लाई भन्ने ? गरिब भन्नाले खान लाउन नपुग्ने दैनिक जीवन चलाउन नसक्नेलाई भनिन्छ । तर घरबार सम्पत्ति भए पनि उनीहरुले अरुसग तुलना गर्दछन अनि अरु भन्दा आफू गरीब भएको ठान्छ । धनी र गरिब भन्ने भन्दा पनि वास्तवमा सोचाईको कुरा हो । दुनियामा आफूभन्दा गरीब पनि हुन सक्छन् । धनी, गरिब, ठुलो र सानो भन्ने केही हुदैन । यो सब सोचाई मात्र हो । म आफैले पनि फि तिर्न नसकेको, खान नपुगेको, जुत्ता लगाउन नपाएको अनुभव छ । जब मलाई दुई छाक खान पुग्यो मैले एक छाक काटेर अरु खान नपुगेकालाई सहयोग गर्न सकिन्छ कि भनेर लागेको हु । यो समाज सेवा हो यसमा सबैले लाग्न सकिन्छ ।

सबै लाग्न सकिन्छ भने पनि वार्षिक आठ दश हजार त खर्च भईहाल्छ नि ?
हेर्नुस हामीले दिनको २० रुपैया बचत ग¥यौे भने यसको सदस्य बन्न सक्छौं । यहँ धेरैथरी क्लवहरु पनि छन् । वर्षको पचास हजार तिर्नुपर्ने क्लवहरु पनि छन् । तर लायन्स क्लबमा नया मेम्बर बन्दा ७८ डलर लाग्छ । त्यसपछि वार्षिक ४३ डलर अर्थात नेपाली अन्दाजी पाच हजार तिरे पुग्दछ । ४३ डलर पनि वर्षमा दुई भाग गरेर तिर्ने हो २१.५ डिसेम्बरमा र २१.५ जुलाईमा । कुल मलिाएर खर्च लाग्ने लगभग पाच हजार मात्र हो । यसमा पैसा भन्दा पनि सोच मुख्य हो ।

नेपालमा लाइन्स क्लवको सुरुवात भएको करिब पचास वर्ष भयो यो बिचमा यस्ले के कस्ता काम गरेको छ ?
लाइन्स क्लव ‘हामी सेवा गर्दछौं’ भन्ने नाराका साथ संसारभरी फैलिएको संस्था हो । समाजमा सेवा गर्ने हाम्रो उद्देश्य हो । यसमा पाचवटा क्षेत्र अन्र्तराष्ट्रले तोकेको छ । पाचबटामा सबैभन्दा पहिलो मधुमेह, हङगर रिलिफ, वातावरण, दृष्टी र पेडियोटिक क्यान्सर । यीनै पाच क्षेत्रलाई लिएको छ । अर्को हामीले सबैभन्दा बढि जोड नैतिकतामा दिन्छौ । युवा उमेरमै नैतिक शिक्षा दिनु पर्दछ भन्ने हाम्रो मान्यता हो । लाइन्ससगै लियो क्लब पनि रहन्छ । हामीले लियो मार्फत युवाहरुलाई समाजसेवामा परिचालन गर्दछौं । हङगर रिलिफ को विषयमा भन्नु पर्दा अहिले संसारभरी ८ करोड मान्छे दैनिक भोकै सुत्ने गर्छन अनुसन्धानले देखाएको छ । हामी संसारभर १४ लाख लाइन्स क्लवका सदस्य छौं । त्यस हिसाबले हामीले दिनको एक छाकमात्र खुवाउन सकौं भने पनि १४ लाख व्यक्ति भोकै सुत्नु पर्दैन । त्यसैले हामीले खाना खुवाउन जोड दिन्छौं । वातावरणको कुरा गर्दा अबको २० वर्षमा मानिस पानीका लागि तड्पिनु पर्ने स्थिति आउन सक्ने सम्भावना छ । त्यसैले वातावरणको क्षेत्रमा काम गर्दछौं । त्यस्तै मधुमेह पनि भयावहस बन्दै छ । अबको २० वर्षपछि ६५ करोड मानिस मधुमेहबाट पिडित हुने अनुमान छ । यी लगायतका कुराहरुलाई ध्यानमा दिदै काम गरेका छौं । यस्तै दृष्टी अर्थात आखाको क्षेत्रमा पनि काम गरेका छौं । नेपालमा बिपी कोइराला आखा अस्पताल र मनहराको आखा अस्पताल लाइन्स क्लवकै सहयोगमा बनेका हुन ।

यहालाई लायन्स अन्र्तराष्ट्रियले नेपाललाई हेर्ने दृष्टिकोण कस्तो छ जस्तो लाग्छ ?
अन्र्तराष्ट्रियले नेपाललाई धेरै माया गरेको छ । नेपालप्रति सद्भाव छ । विशेष गरी भुइचालो पछि अन्र्तराष्ट्रियले नेपाललाई धेरै माया गरेको छ र सद्भाव देखाई १६ वटा स्कुल निर्माणमा पचास करोड बजेट छुट्याएको छ । त्यसमा आठवटा बनिसके अरु आठवटा बन्दै छन् ।

यहा एटुको डिस्ट्रीक गर्भनर हुनुहुन्छ, यसै हप्ता यहाहरुको तेस्रो समिक्षा बैठक बस्यो यो तेस्रो समिक्षा बैठकसम्म आउदा यहाको कार्यकाल कस्तो भएको समिक्षा गर्नु भयो ?
मैले यति काम गर्दछु भनेर भन्ने भन्दा पनि यो यो क्षेत्रमा काम गर्नेछु भनेको थिए । त्यसमध्ये ‘मानवता पहिलो’ भन्ने नाराका साथ मैले आफ्नो कार्यकाल सुरु गरेको थिए । त्यही अनुरुप हामीले हाम्रो दिमाग र मनमा मानवतालाई राखेर काम ग¥यौं । यो बिचमा लाइन्स क्लव इन्टरनेशनलको भावना अनुरुप मैले सबै क्लवलाई डाइवेटीज नाप्ने मेशीन दिए । यो सांकेतिक सहयोग मात्र हो । किनकी हामीसग १८०/८५ क्लव छन । उहाहरुले आफ्नो सदस्यको मधुमेह मात्र जाचे पनि ६ हजारलाई सेवा पुग्दछ । त्यस्तै व्हिलचियर नभएर घ्रिसीयर हिडेका ब्यक्ति देख्दा गाडीबाट झरेर केही गरी हालौ जस्तो लाग्दथ्यो । यद्यपी त्यो तत्काल सम्भव हुदैन थियो, अहिले म गर्भनर बनेपछि करिब ५० जनालाई व्हिलचियर दिने सोच बनाएको थिए तर पचास जना लक्ष्य राखे पनि अहिले १२५ जनालाई व्हिलचियर दिईसकेको छ, अब यो संख्या १५० पुराउछौ । यसबाट सम्बन्धीत व्यक्ति र उहाको परिवारमा आउने परीवर्तन सुखद हुने कुराले हामी खुसी छौं । मानव भएर जन्मीए पछि मान्छेको निम्ती केही सहयोग गर्न पाउदा मलाई सन्तोष छ ।

तपाई गर्भनर बनेपछि क्लव र सदस्य कति बढाउनु भयो ?
सदस्यहरु बढ्ने घट्ने भइरहन्छ, अहिले करीब ६१ जना सदस्य थपिएका छन् । क्लव पनि केही थपिएका छन तर यसको अन्तिम मिति जनवरी ३० हो त्यसबेलासम्म कति थपघट हुन्छ अन्तिम त्यही हुन्छ । त्यसबेलासम्म एकिन भन्न गाह्रो छ ।

अब बाकी चार महिना छ बैशाख २८ गते चुनाव हुदैछ त्यसको निम्ती के कस्ता काम गर्दै हुनुहुन्छ ?
हाम्रो क्लव र डिस्ट्रीकहरु अत्यन्त प्रजातान्त्रिक तरीकाले चल्छन । हाम्रा १८५ वटा क्लव छन् त्यसमा सदस्य संख्याको आधारमा भोटिङ पावर हुन्छ । हामी लायन्सका साथीहरु सकेसम्म चुनाव गर्दैनौ । सहमतिमै नेतृत्व चयन गर्दछौं, म डिस्टीक गर्भनर भईरहदा मेरो पनि चाहना सहमतिकै नेतृत्व चयन गर्ने छ । सहमति भए पनि हाम्रोमा एस भोट चाहिन्छ । चुनाव हुन्छ भन्ने पनि छैन हुन्न भन्ने पनि छैन । सकेसम्म सहमतिमै हुन्छ । यसमा गर्भनर र प्रथम भ्वाईस गर्भनरलाई एस भोट हुन्छ । यसमा नो भोट पनि हुन्छ । लायन्समा सेकेण्ड भ्वाइस गर्भनरको चुनाव हुन्छ । गर्भनर र प्रथम डिस्ट्रीक गर्भनरमा प्राय दुइजनाको चुनाव हुदैन । सेकेन्डको लागि मात्र हुन्छ ।

तपाईले पुन दोहोराउनु हुन्छ कि ?
त्यसतर्फ मेरो सोचाई छैन, लायन्समा त्यस्तो चलन पनि छैन ।

अन्र्तराष्ट्रिय स्तरमा नेपाल बढि सदस्य हुने देश मानिन्छ नि होईन ?
होइन, बढि अमेरिकामा छन्, त्यसपछि भारतमा तर जनसंख्याको हिसाबमा हाम्रो सदस्यताले सबैको ध्यान तान्ने गर्दछ । भुईचालोे पछि सदस्यता झन बढेको छ । मैले बुझे अनुरुप भुइचालोमा सबै भन्दा बढि नेपाल प्रहरी,नेपाली सेना, शसस्त्र प्रहरी पछि बढि परिचालित हुने ल्यान्सका भोलेन्टर थिए यद्यपी अधिकारीक तथ्याङ भने छैन ।

यहा गर्भनर हुदा लाइन्स क्लव इन्टरनेशनलमा गरेको प्रतिवद्धता थियो होल ती प्रतिवद्धता कत्तिको पुरा गर्नु भयो ? 
अन्र्तराष्ट्रिय पनि कमिट्मेन्ट हुन्छ । मैले अन्र्तराष्ट्रमा जे जति प्लस गर्दछु भनेको थिए । त्यो पुरा हुन्छ । अझै चार महिना छ त्यो बेलासम्म मेरो कमिटमेन्ट पुरा गर्दछु । त्यस्तै यही शनिबार भक्तपुरमा लाइन्स फेस्टीबल हुदैछ । यसमा विभिन्न कार्यक्रम हुन्छ, । लाइन्सले गरेका काम अगाडी ल्याउछौ ।

अन्त्यमा ?
म सम्मपन्न भए म सुखी भए पुग्दछ भन्ने भावना हुनु हुन्न । म मात्र सुखी भए सुरक्षित भएर बस्छु भन्दा त्यो सम्भव हुदैन । देशमा हरेक मान्छे सुखी सुरक्षित हुन सके बल्ल आफू सुरक्षित भइन्छ । त्यसैले आ–आफ्नो ठाउबाट आफू सक्दो सहयोग गरी नेपालीलाई सुखी बनाउन चाहन्छु । यो धनीको भन्दा मनका धनीको संस्था हो, धनी र गरिब बनाउने धन भन्दा मन हो ।-योगेन्द्र प्रताप शाही

प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६