हेडलाईन न्युज

गाेरखामा बाबुरामकाे फिल्ड खालि गर्दै नारायणकाजी राष्ट्रिय सभामा

२०७६ पुस १७

काठमाडौं । नेकपाकाे अाज बसेकाे सचिवालयकाे बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यकाे उम्मेदवार बनाएको छ। राष्ट्रिय सभाकाे सदस्य प्रधानमन्त्री बन्न नसक्ने भएपछि बामदेव गाैतम यसपटक उम्मेदवार बन्नु भएन।

बैठकले स्थायी समिति सदस्य बेदुराम भुषाललाई ३ नम्बर प्रदेशबाट उम्मेदवार बजाएकाे छ भने कर्णालीबाट पार्टी  सचिव मायानाथ सर्मा चयन हुनुभएको छ। एक नम्बरमा गाेपि अछामी र पाँच नम्बरमा जगप्रसाद शर्मा अपारले बाजि मार्नु भएको छ। शर्मा अपांग काेटामा पर्नुभएकाे हाे भने अछाी दलित काेटामा।

गत चुनावमा गाेरखा १ मा बाबुराम भट्टराईसँग हार व्यहोर्नुपरेका कारण उहाँ संसद हुनुभएको थिएन । अब उहाँ छ वर्षका लागि राष्ट्रिय सभामा जाने कसरत गरिरहँदा बाबुरामका लागि चुनावी फिल्ड खालि हुने देखिन्छ ।

उम्मेदवारहरुकाे नामावली यसप्रकार छ :

प्रदेश १

इन्दु गौतम (महिला)

गोपी अछाम (दलित)

देवेन्द्र दाहाल (अन्य)

प्रदेश २

तुलसा दाहाल (महिला)

राधेश्याम पासवान (दलित)

प्रदेश ३

गंगा वेल्वासे (महिला)

वेदुराम भुषाल (अन्य)

गण्डकी

नारायणकाजी श्रेष्ठ (अन्य)

भगवती न्यौपाने (महिला)

प्रदेश ५

विमला घिमिरे (महिला)

जगप्रसाद शर्मा अपाङ्‍गता (अल्पसङ्ख्यक)

गोपाल भट्टराई (अन्य)

कर्णाली

मायाप्रसाद शर्मा (अन्य)

सुमित्रा बिसी (महिला)

सुदूरपश्चिम

तारामान स्वार (अन्य)

शारदा भट्ट (महिला)

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६