हेडलाईन न्युज

अमेरिकी र चीनिया राजदूतको फाेटाे कुटनीति

 

 

 

१७ पुष, २०७६

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० को प्रबद्र्धनका लागि यस्तो तस्विर सार्वजनिक गर्ने यी सुन्दर महिला हुन् नेपालका लागि चिनीया राजदूत, ह्यु यान्की ।

राजदूत ह्युले टि्वटरमा आफ्ना तस्विर प्रकाशित गर्दै नेपाल भ्रमण बर्ष–२०२० लाई स्वागत गर्दै सफलताको शुभकामना दिएकी छन् ।

‘उनले भनेकी छिन् साँचो सौन्दर्य सधैं गहिरो मुटु छुन्छ। इतिहास, विविधता र प्रकृति सहितको सुन्दर नेपाल भ्रमणको योग्य रहेको उल्लेख गरेकी छिन ।

नेपाल भ्रमण वर्षको प्रबद्र्धन गर्ने उद्येश्यले खिचिएका उनका सुन्दर तस्विर सामाजिक सञ्जालमा निकै नै भाइरल बनेको छ ।

अर्कोतिर अमेरिकी राजदूत बेरि नेपालीका हरेक सांस्कृतिक चाडपर्वमा सहभागी हुने मात्र हाेईन बरु त्यसमा स्वयम् सकृय भएर मनाउने गरेका छन् ।

उनलेे अाफ्ना सहकर्मी, कर्मचारी र नेपाली साथीहरूसँग नेपाली चाडपर्व मनाउने गरेका छन् । केही समय पहिला बेरीले हाेली खेलेको, रंगाेली बनाएर, सयपत्रीकाे माला लगाएर दिपावली र तिहार मनाएकाेदेखि नेपाल भ्रमण वर्ष २०२० मा देखाएको सक्रियताले उनको नेपाली संस्कृति र परम्परामाथि सम्मान देखाएको बुझिन्छ ।

अमेरिका र चीन वर्तमान विश्वका शक्ति राष्ट्र हुन्। नेपालमा अाफ्नाे प्रचाव विस्तार गर्न चाहन्छन् । धम्की र पैसाको लालचले मात्रै नेपाल जस्ता देशको अात्मसम्मान गलाएर हावि हुन नसकिने देखेपछि अमेरिका र चीनियँ कुटनीतिज्ञहरु नेपालीको मन जितेर अाफू हावि हुने नीतिमा लागेको सहजै बुझ्न सकिन्छ ।

यसाे त भारत र अमेरिकीले नेपालमा माईक्रो म्यानेजमेन्टमा हात हाल्दा नेपालमा अमेरिका र भारतबिराेधि जनमत बढीको उनीहरूले स्पष्ट देखेपछि रणनीति परिवर्तन गरेको अनुमान लगाउन सकिन्छ ।

तर चीन र भारतमाथि दबाब बनाउने रणनीतिको अड्डा नेपाली भूमिलाई बनाउने कुत्सित योजना अनुसार अमेरिकाले ल्याएको ईण्डाे प्यासिफिक र मिलिनियम च्यालेन्ज कर्पाेरेसनका कारण अमेरिका नेपालमा थप अालाेचित बनिरहेको छ। यसलाई बेरिकाे चाडबाड कुटनीतिले धान्न सक्ने देखिदैन ।

नेपालले केही समययता चीनसँग बढाएकाे सामप्यता, लिन खाेजेकाे सहयोग र मित्रताबाट पनि झस्किएकाे देखिन्छ । बेल्ट एण्ड राेड ईनिसियटिभ मार्फत चिनले नेपालीलाई दिन खाेजेकाे सहयोगको काउन्टर जस्तो देखिने अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज अाउदै गर्दा नेपाली सार्वभौमसत्ता तरंगित भएको छ।

ल्यु र बेरिकाे फाेटाे कुटनीति नेपाली राष्ट्रिय समृद्धि र सार्वभौमसत्ताको सहयोगी बनाेस् भनेर कामना गर्न सकिन्छ।

प्रकाशित मिति: बिहिबार, पुस १७, २०७६