पर्यटन हेडलाईन न्युज

नेपाल भ्रमण वर्ष २०२० सिन्धुलीगढीमा प्रचण्डबाट उदघाटन

नेपाल भ्रमण वर्ष २०२० अाजबाट सुरु भएको छ। नेकपाका अध्यक्ष पुष्पकाल दाहाल “प्रचण्ड” ले नेपालकाे ऐतिहासिक स्थल सिन्धुलीगढीमा एक समारोहबीच भ्रमण  वर्षको उदघाटन गर्नुभएको छ।

अाज काठमाडौं, चितवन, सिन्धुली, वुटवल, नेपालगन्ज लगायत विभिन्न ठाउँमा समारोहबीच भ्रमण वर्षको उदघाटन गरिएको छ।

सन् १९९८ र २०११ मा मनाईएकाे भ्रमण वर्षपछि यो तेस्राे पटक मनाईएकाे हाे। भ्रमण वर्ष २०२० मा कमसेकम २० लाख पर्यटक नेपाल भित्राउने सरकारले लक्ष्य लिएको छ। यसका लागि पूर्वाधार निर्माण र प्रचारप्रसारमा सरकारले उल्लेख्य मिहिनेत गरेको देखिन्छ ।

सिन्धुलीमा सिन्धुली गढी, हरिहरपुरगढी, सिद्ध बाबा मन्दिर , कमलामाई, कालिकामाई, भद्रकाली मन्दिर , पाँच कन्या पाेखरी, जुनार सुपरजाेन, सुनकोसी नदि, फिक्कल पहाड लगायत यहाँका विभिन्न जातीय सांस्कृतिक विविधता, भाषिक विविधता, प्राकृतिक साैन्दर्यता लगायत यहाँ पर्यटकलाई लाेभ्याउने गहना हुन्। सिन्धुलीगढीबाट पृथ्वीनारायण शाहाले अढाई सयवर्षपहिला अंग्रेजी फाैजलाई हराएको ईतिहास संसारभरि प्रख्यात छ। यहीँबाट नेपाली सेनाले अरिंगाल, सिस्नाे र भिरालो जमिनको प्रयोगले दुश्मन हायलकायल भएको थियोे ।

पश्चिमा खासगरी अंग्रेज अाफूलाई नेपालीले हराएको यो भूमि हेर्न अातुर रहेको सिन्धुलीका सांसद तथा नेकपा स्थायी समिति सदस्य हरिबाेल गजुरेलले बताउनुभयो ।

कार्यक्रम कमलामाई नगरपालिकाले अायाेजना गरेको हाे।

प्रकाशित मिति: बुधबार, पुस १६, २०७६